म्याग्दीको सदरमुकाम बेनीमा कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गरी खुट्टाले थिचेर प्रयोग गर्ने पाँचवटा सेनिटाइजर मेसिन सहयोग गरिएको छ । लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ बी १ नेपालका को–चिफ एड्भाईजर चन्द्रकुमार केसीले आफ्नो ब्यक्तिगत खर्चमा बेनी अस्पताललाई १ थान र कोभिड–१९ कमाण्ड पोष्टमार्फत आवश्यकता अनुसार प्रयोग गर्ने गरी ३ वटा खुट्टाको सहायताबाट प्रयोग गर्न मिल्ने मिनी सेनिटाइजर बुथ हस्तान्तरण गर्नुभएको हो ।

शनिबार प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाललाई ३ वटा र बेनी अस्पतला विकास समितिका अध्यक्ष बेलबहादुर कुटवाललाई केसीको तर्फबाट सन्तोष रावलले हस्तान्तरण गर्नुभएको छ । पानी र साबुन खस्ने धारा कोरोना भाइरस संक्रमणबाट जोगिन सानो आकारको बुथ उपयोगी हुने बताइएको छ ।

म्याग्दी उर्जा केन्द्र बेनीमा बनाइएको उक्त मेसिनदे हातको सहायताबिना प्रयोग गर्न सकिन्छ । सहयोग हस्तान्तरण कार्यक्रममा प्रजिअ ढकाल र अस्पताल विकास समितिका अध्यक्ष कटुवालले धन्यवाद दिदैं आवश्यकता अनुसार प्रयोग गर्ने बताउनुभयो । यसअगाडी समेत केसीले सेनिटाइजर टनेल सहित पिपिई लगायतका उपकरणहरु सहयोग गरेका थिए ।

Leave a Reply