---Advertisement---

म्याग्दीमा बालबालिकालाई दादुरा–रुवेलाको खोप लगाइयो

On: May 30, 2020 4:20 PM
Follow Us:

म्याग्दीको तीनवटा स्थानीय तहका बालबालिकालाई दादुरा-रुवेलाको खोप अभियान सुरु गरिएको छ । जिल्लाभरका नौ महिनादेखि पाँच वर्ष सम्मका बालबालिकालाई खोप लगाउने अभियान अन्तरगत बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका भित्रका बालबालिकालाई खोप लगाइएको हो । ६ वटा स्थानीय तह रहेको म्याग्दीमा कुल ९ हजार ३५० बालबालिकालाई खोप लगाउने कार्यक्रम अन्तरगत लकडाउन अगाडी नै म्याग्दीको मंगला, मालिका र धवलागिरी गाउँपालिकाका बालबालिकालाई खोप लगाइसकिएको स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।

बेनी नगरपालिका–७ मंगलाघाटस्थीत लोकदिप आवासीय माविको प्राङ्गतमा बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले उद्घाटन गर्नुभएको थियो ।सोही अवसरमा बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले समेत बालबालिकालाई खोप अभियानमा लक्षित बालबालिका समेट्नुपर्ने बताउनुभयो । हाल बेनी नगरपालिकामा २६ सय ८४, रघुगंगा १२ सय ८४ र अन्नपूर्णमा ७ सय ७६ बालबालिकालाई खोप लगाइने छ । खोप केन्द्रमा सामाजिक दुरी कायम गरिएको छ । बेनी नगरकी उपप्रमुख सञ्जु बरुवालले बेनी सामुदायिक केन्द्रमा खोप अभियानको निरिक्षण गर्नुभएको थियो । ज्वरो सँगै शरिरमा राता फोकाहरु आउने लक्षण दादुराको हुन्छ भने हाडजोर्नी सुन्नीने, रक्तश्राब हुने र मष्तिस्कमा असर पार्ने जस्ता रुबेलाको लक्षण हुने बताइन्छ । खोपबाट कोही पनि बालबालिका बञ्चित नहुन् भनी महिला स्वास्थ्य स्वयंसेविकालाई यसतर्फ ध्यान दिन पनि अनुरोध गरिएको छ ।

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।