कोरोना भाइरस (कोभिड १९) संक्रमणको त्रास बढिरहेको बेलामा म्याग्दीको मंगला गाउँपालिका–३, बरंजाकी १३ बर्षिया बालिकालाई डेंगु पोजेटिभ देखिएको छ । बेनी अस्पतालमा उपचारर्थ बिरामीमा डेंगुको संक्रमण देखिएको बेनी अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. अमृत अधिकारीले बेनीअनलाइनलाई बताउनुभयो ।

‘डेंगु रोग नियन्त्रण गर्न ‘खोजी र नष्ट अभियान’ सञ्चालन गर्नुपर्छ,‘बिरामीको ट्राभल्ल हिस्ट्री पनि हेर्नुपर्छ’डा. अधिकारीले भन्नुभयो । गत बैशाख ८ गते जिल्लाको मंगला गाउँपालिका–५,अर्मन सिर्कुमका १७ बर्षिय यूवामा डेंगु र स्क्रब टाइफसको संक्रमणपछि बैशाख र जेठ महिनाको दोस्रो सातासम्म जिल्लाको बेनी नगरपालिका, मंगला, मालिका गाउँपालिमा १० डेंगु पोजेटिभ भेटिएका छन् ।

त्यस्तै किर्नाबाट पर्ने स्क्रब टाइफसका बिरामी समेत भेटिन थालेपछि समुदायमा आधारित जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने चिकित्सकले बताएका छन् । एक्कासी टाउको दुख्ने, जोर्नीहरु दुख्ने, आलस्यता हुने जस्ता लक्षणहरू देखिएपछि ल्याव परीक्षणमा डेंगु पोजेटिभ देखिएपछि बिरामीको अस्पतालमै उपचार भइरहेको छ ।

डेंगु एडिस नाम गरेको लामखुट्टेबाट सर्ने रोग हो । डेंगुबाट जोगिन बनजंगलमा घाँस दाउरामा ल्याउन जाने, पशुचौपाया राख्ने गोठ आसपासका क्षेत्र, घरभित्र र वरपरको वातावरण सफा राख्ने, झाडीमा जाँदा शरीर ढाक्ने कपडा लगाउने, मुसा नियन्त्रणको लागि उपयुक्त विधि अपनाउनुपर्ने चिकित्सकको भनाई छ। गतबर्ष म्याग्दीमा १२ जना डेंगुबाट संक्रमित भएका थिए । यसैबीच बेनपा र मंगलाले डेंगु नियन्त्रणको कार्ययोजना सहित अगाडी बढेका छन् ।

Leave a Reply