---Advertisement---

‘करिमको खेल’ म्यूजिक भिडियो बजारमा

By -
On: May 30, 2020 10:08 PM
Follow Us:

गरिब परिवारको बेदनालाई समेटेर तयार गरिएको एक म्यूजिक भिडियो सार्वजनिक भएको छ । गरिवलाई खान, लाउन, बस्न, शिक्षा, स्वास्थ्यको सकससँगै दैनिक सास फेर्न पनि गाह्रो भएको परिबेसमा आधारित भएर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ खिवाङ घर भई हाल नेदरल्याण्डमा रहेका जंगबहादुर पुनले म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।

ग्रामिण क्षेत्रमा संघर्ष गरिरहेका किसानको जीवनकथामा आधारित म्यूजिक भिडियोमा लोकन पुनको स्बर र जंग बहादुर पुनको शब्द, सुशिल पुन र रक्षा पौडेलको अभियन, सरोज अधिकारीको निर्देशन रहेको छ । एक विपन्न परिवारको दैनिकीलाई केन्द्रित गरी तयार गरिएको म्यूजिक भिडियोमा ऋण, साहुको तनाव, गरिबको छोराछोरीको शिक्षादिक्षाबाट बन्चित, औषधी उपचार गर्ने पैसा नभएर रोग पालेरै कुहिएर बस्नु परिरहेको छ ।

छोराछोरी पढाउने पैसा नभएर भविश्यका कर्णधार त्यसै खेर गइरहेका छन् । विरामी हुदाँ उपचारको अभाव जस्ता दृष्यहरुलाई समेत प्राथमिकता दिइएको छ । विपन्नले खेतीपाती गर्न नसक्ने अवस्थामा आत्महत्याको विकल्प सोच्न बाध्य हुने,मरी हाल्न पनि सक्दैन लगायत विभिन्न विषयलाई केन्द्रिेत गरेको रचनाकार पुनले बताउनुभयो ।

‘सवै मुखले मात्र ठिक्क पार्छन् परेका दिन सवैले बहाना मात्र गर्छन्,‘मानिस त के दुःखमा गरिवलाई साथ दिने भगवान पनि हुदैन’ रचनाकार पुनले भने । उनले भगवानले पनि बढी दुःख दिएको जस्तो महसुस गर्ने गरेको विषयलाई आधार बनाइएको बताए ।

तमाम दुःख, पिर, मर्का, चोट, बेदना सहनु भन्दा अर्को विकल्प गरिवसंग नभएपनि गाउँघरबाट विदेशमा गएर धनसम्पती आर्जन गरेको टुलुटुल हेर्न बाध्य भएको भन्दै गरिबलाई साथ दिनुपर्छ भन्ने सन्देश प्रवाह गर्न खोजिएको निमार्ण पक्षको भनाई छ ।

अनेकौ इच्छा, आंकाक्षा र चाहनालाई तिलाञ्जली दिनु पर्ने गरिबको बेदनालाई समेट्ने प्रयास गरिएको बताउँदै भविस्यमा पनि यस्तै गीत सार्वजनिक गर्ने रचनाकार पुनको भनाई छ । यसअगाडी समेत पुनले म्यूजिक भिडियोमा पर्यटन र ग्रामिण क्षेत्रलाई केन्द्रित गरेका थिए ।

-