आइतबार म्याग्दीमा सञ्चालित बैक तथा बित्तीय संस्थाहरू पुरानै तालिका अनुसार सञ्चालन हुने भएका छन्। भारतबाट आएका एक यूवामा कोरोना संक्रमण पुष्टी भएपछि थप जोखिमलाई मध्यनजर गरी कार्यतालिका परिवर्तन गर्ने तयारी भइरहेको अवस्थामा भारतबाटै आएका थप २७ जनाको पिसिआर परीक्षण नेगेटिभ आएपछि तत्काल तालिका हेरफेर नहुने प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बेनीअनलाइनलाई बताउनुभयो ।‘पछिल्लो पिसिआर रिर्पोटले सहज भएको छ,‘धेरै भिड हुने बैंकलाई समय थप्न सकिन्छ’ प्रजिअ ढकालले भन्नुभयो । बेनीमा धेरै ग्राहक भएका बैंकहरुलाई हप्तामा ३ दिनसम्म खोल्न दिने र सहकारीलाई समेत दुई दिन ११ बजेदेखि दिउँसो २ बजेसम्म सेवा प्रवाह गर्ने गरी सेवा दिने गरी केहीदिनमा नयाँ तालिका आउने बताइएको छ ।

तोकिएको तालिक बाहिर वित्तिय संस्था खुलेको पाइएमा भने कारवाही गरिने छ ।देशभर कोरोनाको संक्रमित बढ्दै जान थालेपछि सदरमुकाम बेनीमा वित्तिय संस्थाले सामाजिक दुरी कायम गर्न असफल भएपछि सुरक्षाकर्मीलाई समेत आवश्यकता अनुसार परिचालन गरिने र वित्तिय संस्थाले आफ्ना कर्मचारीलाई समेत ग्राहकको भिडलाई ब्यवस्थापन गर्न समेत निर्देशन दिइएको छ ।

 

Leave a Reply