नेपाल–भारत सीमा क्षेत्रबाट उद्धार गरी सदरमुकाम बेनीको क्वारेन्टाइनमा राखिएकाको पिसिआर रिर्पोट नेगेटिभ आएकालाई सम्बन्धित स्थानीय तहकै क्वारेन्टाइनमा पठाइने भएको छ ।

बेनीको म्याग्दी बहु्मुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका २९ जनाको बिहिबार पठाइएको स्बाब रिर्पोट नेगेटिभ आएपछि स्थानीय तहकै क्वारेन्टाइनमा पठाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो । ‘एउटा समुहको पिसिआरमा एकजनलाई पोजेटिभ देखिएमा सबै बेनीमै बस्नुपर्छ,‘समुहकै नेगेटिभ आएमा स्थानीय तहमा पठाउँछौ’ प्रजिअ ढकालले बेनीअनलाइनलाई भन्नुभयो ।

स्थानीय तहको क्वारेन्टाइनमा खाली रहेको अवस्थामा सहज हुने भएपनि नियमित स्वास्थ् चेकजाँच र अन्तिम रिर्पोट आएपछि घर पठाइने बताउनुभयो । बेनीको क्वारेन्टाइनमा रहेकामध्ये पहिलो चरणमा अन्नपूर्ण १०, मालिका गाउँपालिका १० जनालाई पठाइने छ भने बेनी नगरपालिकाका ८ र धवलागिरीको १ जनालाई बेनीकै क्वारेन्टाइनमा राखिने छ ।

रोजगारीको लागि भारत गएका उनीहरु कोरोना महामारीको कारण रोजगारी गुमेपछि सीमा क्षेत्रबाट दैनिकजसो म्याग्देली सम्पर्कमा आउन थालेका छन् । भारतबाट आएकामध्ये पहिलो स्बाब परीक्षणमा सहभागी भएका १२ जना मध्ये मालिका गाउँपालिका–४ का एक यूवामा कोरोना पोजेटिभ देखिएको थियो भने शुक्रबार न्यु वेष्ट प्वाइन्ट आवासीय माविबाट पठाइएको रिर्पोट आज आउने छ ।

Leave a Reply