नेपाली सेनाले आइतबार बेनीको खुल्लामञ्चमा कोभिड–१९ संक्रमण भएर ज्यान गुमाएका मानिसको शव व्यवस्थापन सम्बन्धी अभ्यास गरिएको छ । २३ बाहिनी अड्डा बागलुङको मेडिकल समुह र श्रीबक्स गुल्मको संयुक्त आयोजनामा कोरोना संक्रमण भएर ज्यान गएको खण्डमा शवलाई कसरी व्यवस्थापन गर्ने, समुदायलाई संक्रमणको जोखिमबाट कसरी जोगाउने लगायत विभिन्न विषयमा केन्द्रित भएर अभ्यास गरिएको गुल्मका सेनानी सुरेश देबकोटाले जानकारी दिनुभयो। देशभर कोरोनाको जोखिम बढ्दै जान थालेपछि खुल्लामञ्चमा गरिएको अभ्यासमा संक्रति बसोबास स्थलदेखि संक्रमित व्यक्ति ओसारपसारमा संलग्न मानिस र सवारीलाई समेत डिसइन्फेक्सन गर्नेे, पेइसेन्ट रिसिभिङ्ग टीम(पीआरटी) ले शंकास्पद संक्रमितलाई भेट्दा, संक्रमित मृतकको शरीर व्यवस्थापन, एम्बुलेन्स तथा सवारी साधनलाई डिसइन्फेक्ट गर्ने, फ्रन्टलाइनमा खटिने चिकित्सक सुरक्षाकर्मी, अन्य स्वास्थ्यकर्मीले अपनाउने व्यक्तिगत सुरक्षामा लगायतका विषयमा अभ्यास गरिएको थियो । अभ्यासमा संक्रमृतको शब उठाउँदा र संस्कारका बेला अपनाउनु पर्ने सावधानी, पीपीई प्रयोगका विषयमा समेत जानकारी गराइएको थियो । पूर्व अभ्यासमा प्रजिअ एवम् कोभिड १९ कमाण्ड पोष्टका प्रमुख समेत रहनुभएका प्रजिअ ढकालले कोरोनासँग जुध्न जिल्लामा आवश्यक सम्पूर्ण तयारी गर्ने बतानुभयो । ‘पूर्वअभ्यासले थप सहज हुन्छ,‘सुरक्षा निकायबाट ठूलो सहयोग मिलेको छ’ प्रजिअ ढकालले भन्नुभयो ।

सोही अवसरमा आगलागी नियन्त्रण सम्बन्धि अभ्यास समेत गरिएको थियो । जिल्लामा प्राकृतिक विपद्, सामाजिक कार्य, विकास निर्माण लगायतमा नेपाली सेनाले निरन्तर सहयोग गदैं आइरहेको छ । पुर्वअभ्यासको अवलोकन गर्न जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्र बहादुर केसी, बेनी नगरपालिका मेयर हरिकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवाल, प्रहरी नायव उपरीक्षक किरणजंग कुँवर, शसस्त्र प्रहरी बल गलेश्वर पोष्ट प्रमुख प्रकाश माझी, राष्ट्रिय अनुसन्धान म्याग्दीका प्रमुख अनुसन्धान अधिकृत सविन श्रेष्ठ साथै अस्पतालका चिकित्सक, रेडक्रसकर्मी लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply