कोरला नाकामा सशस्त्र प्रहरीको गस्ती..

मुस्ताङको  चिनियाँ सीमा क्षेत्र कोरला नाकामा सशस्त्र प्रहरीले गस्ती शुरू गरेको छ। गत १५ जेठमा सशस्त्रको सीमा निगरानी चौकी (बीओपी) स्थापना भएसँगै कोरला नाकामा गस्ती शुरू गरिएको हो । सरकारले लोमांथाङ–१ नेचुङमा प्रहरी निरीक्षकको नेतृत्वमा २० जना रहने गरी सशस्त्रको बीओपी स्थापना गरेको हो  ।