कोरोना भाइरस सङ्क्रमण जोखिमका बीच म्याग्दीमा डेङ्गुको सङ्क्रमण पनि फैलिन थालेपछि यहाँको जनजीवन त्रसित बन्न पुगेको छ । आइतबार एकजनामा डेंगु र स्क्रबटाइफस र अर्को बिरामीमा डेंगु पोजेटिभ देखिएको छ । योसँगै बैशाख र जेठ महिनामा मात्रै डेङ्गु संक्रमितको संख्या १२ पुगेको छ भने स्क्राव टाइफस संक्रमितको संख्या ५ पुगेको छ । गतबर्षको कुल डेंगु संक्रमितको संख्या यो बर्ष दुई महिनामै भेटिएको छ ।

एक्कासी टाउको दुख्ने, जोर्नीहरु दुख्ने, आलस्यता हुने जस्ता लक्षणहरू देखिएपछि बेनी अस्पतालमा भर्ना भएकी बेनी नगरपालिका–६, जरबुटाकी ५४ बर्षिया महिलामा डेंगु र स्क्राव टाइफस पेजेटिभ देखिएको अस्पतालका क्लिनिकल प्रमुख डा नवराज बस्ताकोटीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आइतबार नै अस्पतालमा भर्ना भएकी मंगला गाउँपालिका–५ छिस्वाङकी ४९ बर्षिया महिलामा डेंगु पोजेटिभ देखिएपछि भर्ना गरिएको छ । ‘डेंगु र स्क्रावटाइफस पोजेटिभ महिला थप उपचारका लागि पोखरा जानुभएको छ,‘अर्को बिरामीको अस्पतालमै उपचार भइरहेको छ’ डा. बस्ताकोटीले भन्नुभयो ।

अर्मन छिस्वाङकी महिलाले फिस्टेल हस्पिटलबाट श्रीमानको उपचार गरी घर फर्किएको ट्राभल हिस्ट्रीले देखिन्छ । पोखराबाटै संक्रमण भएर आएको हुनसक्ने अनुमान चिकित्सकको छ । डेंगु र स्क्रबटाइफस संक्रमितको लक्षण एउटै हुने भएकाले पनि ट्राभल हिस्ट्रीलाई आधार बनाई डेंगु रोग नियन्त्रण गर्न ‘खोजी र नष्ट अभियान’ सञ्चालन गर्नुपर्ने अस्पतलाका सूचना अधिकारी प्रकाश सुबेदीले बताउनुभयो ।

बिरामी जिल्ला बाहिरबाट नआएको अवस्थामा ग्रामीण क्षेत्रमै सङ्क्रमित भेटिनुले समयमै सचेत बन्नुपर्ने चिकित्सकको भनाई छ । बेनी नगरपालिका र मंगलामा धेरै डेंगुका बिरामी भेटिएका छन् ।

गतबर्ष १२ जना डेंगुका बिरामीको लोकेशन जिल्लाका सबै स्थानीय तह भएकाले समेत म्याग्दी डेंगु र स्क्रावटाइफसको उच्च जोखिममा रहेको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. अमृत अधिकारीले बेनीअनलाइनलाई बताउनुभयो ।

बिरामीमा मनोविज्ञैनिक असर पर्ने भएकाले स्वस्थ्यकर्मीले सङ्क्रमितको नाम र थर सार्वजनिक नगरिएपनि ट्राभल हिस्ट्रीका आधारमा डेंगु र स्क्रावटाइफसको जोखिम क्षेत्र पहिचान गर्ने गरिन्छ। डेङ्गुले प्रकोपको रूप लिनसक्ने जोखिमलाई मध्यनजर गरी नगरभित्रका वडामा सचेतनामूलक कार्यक्रमसँगै डेङ्गुरोग नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजी र नष्ट गर्ने अभियानलाई तीव्रता दिनपर्ने बेनी अस्पतालले जनाएको छ ।

Leave a Reply