नेपाल–भारत सीमा क्षेत्रबाट उद्धार गरी बेनीको न्यू वेष्ट प्वाइन्ट आवासीय माविको क्वारेन्टाइनमा राखिएका २० जनाको स्बाब रिर्पोट नेगेटिभ आएको छ । गत शुक्रबार स्बाब संकलन गरी पिसिआर परीक्षणका लागि गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।

रोजगारीको लागि भारत गएका उनीहरु कोरोना महामारीको कारण रोजगारी गुमेपछि गत जेष्ठ १३ गते सीमा क्षेत्रबाट उद्धार गरी ल्याइएकाको रिर्पोट नेगेटिभ आएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बेनीअनलाइलाई बताउनुभयो ।

‘क्वारेन्टाइनमा बसेको पाँचदिनपछि स्बाब संकलन गरिएको थियो,‘यस रिर्पोटले म्याग्दीलाई थप सुरक्षित बनाएको छ’ लम्सालले भन्नुभयो । यो समुहमा आएकाहरु बागलुङमा अलपत्र परेकाहरु मध्येका हुन् । बागलुङसम्म आएकाहरुमा पोजेटिभ देखिएको अवस्थामा यो समुहलाई समेत उच्च जोखिममा राखिएको भएपनि नतिजा नेगेटिभ आएसँगै सहज भएको छ ।

उहाँका अनुसार हालसम्म म्याग्दीबाट १ सय ३० नमुनामा १ सय १५ जनाको परीक्षण गरिएकोमा १ जनामा पोजेटिभ आएको छ भने १५ जनाको नतिजा आउन बाँकी रहेको छ । समुहकै पिसिआर नेगेटिभ आएपछि सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा पठाइने छ ।

Leave a Reply