पर्वत /जिल्लाका पाँच जना युवामा पहिलो पटक कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको प्रयोगशालामा गरिएको परीक्षणमा ती युवामा संक्रमण भेटिएको हो । उनीहरु जेठ सत्र गते भारत हुँदै पर्वत भित्रिएका थिए ।

जिल्लाको माहशिला गाउँपालिकाका तीन र फलेवास नगरपालिका दुई जना युवाहरु हुन । सदरमुकामको होटल क्वारेन्टिनमा राखिएका संक्रमित युवाहरुलाई जिल्लाको कोरोना अस्थायी अस्पतालमा लौजाने तयारी भएको जिल्ला अस्पताल पर्वतका डाक्टर शिशिर देवकोटाले बताउनुभयो । उनीहरुको स्वास्थ्य अबस्था समान्य रहेको डा. देवकोटाले बताउनुभयो ।

Leave a Reply