नेपालमा गाँजा खेतीलाइ बैधानिकता दिनुपर्ने बहस चलिरहेको बेलामा म्याग्दी प्रहरीले समुदायसँग मिलेर गाँजा खोज र नष्ट अभियान सञ्चालन गरेको छ । बेनी नगरपालिका–९ र १० वडामा सोमबा र मंगलबा ठूलो परिमाणको गाँजाको बोट नष्ट गरेसँगै जिल्लाका सबै स्थानीय तहको बस्ती–बस्तीमा पुगेर गाँजाको फडानी गर्ने अभियान सुरू गरेको हो । प्रतिनिधि र राष्ट्रिय सभामा विधेयक नै प्रस्तुत गरी सांसदले नै बैधानिकताको माग गरिरहेको अवस्थामा दिनप्रतिदिन गाँजाका अम्मलीहरु थपिदै जान थालेपछि म्याग्दी प्रहरीले कुनै बस्ती र खेतबारी वा सावर्जनिक स्थानमा र्गाँजाको बोट देखिएमा तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरेको छ ।

म्याग्दीका प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले गाँजा प्रतिबन्धित भएका कारणले जिल्लाभर नष्ट गर्ने अभियानलाई तिब्रता दिइने बताए । ‘कुलतमा फस्न गाँजाले सहज भएको छ,‘स्कुलृे विद्यार्थी रैथाने गाँजाबाट कुलतमा फस्दैछन्’ प्रनाउ कुँवरले भने । उनले लकडाउनको समयमा बेनीबजार आसपासका साथै धेरै गाँजाका बोट भएको क्षेत्रमा यूवाहरु जान थालेको गुनासो बढेपछि समुदायको सक्रियतामा नष्ट गर्ने अभियान सुरु गरिएको बताए । ‘गाँजाको बोट देखेरमा हामीलाई सम्पर्क गर्नुहोस्,‘कुलतमा फस्ने यूवापुस्ताको संख्या ह्वात्तै बढेको छ’ प्रनाउ कुँवरले भने ।

उनले सदरमुकाम बेनीका दुब्र्यसनीलाई लकडाउनका कारण बाहिरी जिल्लाबाट लागु औषधी ल्याउन समस्या भएपछि गाँजामा आर्कषित भइरहेको बताउँदै गाँजाको बोटले नयाँ पुस्तालाई ठूलो क्षती हुने भएकाले गाउँघरमा गाँजा देख्दा वित्तिकै नष्ट गर्न समेत अनुरोध गरे । म्याग्दीमा लागु औषधको प्रयोगकर्तासँगै लागुपर्दाथका सेवनकर्ता समेत धेरै छन् ।

सार्वजनिक स्थानमा उम्रिएको गाँजा टिपेर समेत विक्री गर्न थालेपछि चुनौती थपिएको उनले बताए । ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत जिल्लाका सबै स्थानीय तहका वडा र बस्तीसम्म पुग्ने कार्यक्रममा गाँजाको बोट नष्टलाई समेत प्रहरीले प्राथमिकता दिएको छ । गाँजा–चरेस ओसारपोसार ग्रामिण क्षेत्रबाट हुदाँ अपराधिक गतिविधि समेत बढ्ने भएकाले समुदाय नै सचेत हुनपर्ने प्रहरीको भनाई छ ।

लकडाउनमा गाँजाको बोट भएका क्षेत्रमा बस्ती बाहिरका यूवाहरु देखिन थालेपछि आमा समुह, यूवा क्लवसँगै जनप्रतिनिधि समेत सक्रिय भएका छन् । लागूपदार्थ दुर्व्यसनी न्यूनिकरण, अवैध घरेलु मदिरा बिक्री वितरण रोकथाम अभियानलाई समुदायको समेत साथ रहेको छ । प्रहरीले यहाँका विभिन्न ठाउँका जमिनमा उम्रिएको गाजा नष्ट गर्न थालेपछि स्थानीयबासीहरु पनि खुशी भएका छन् ।

प्रहरीले बेनी नगरपालिका सहित जिल्लाका पाँचवटै गाउँपालिकामा जनप्रतिनिधि, सामुदायिक प्रहरी सेवा केन्द्र, यूवा क्लव, आमा समुह लगायतको सक्रियतामा अभियान सञ्चालन गरेको छ । फँडानी गरेको हो। गाँजा नष्ट गर्न गएका प्रहरीलाई गाँजा आफै उम्रिएको बताउने गरिएको छ। विगतमा पश्चिम म्याग्दीमा चरेस सहित पक्राउ गरिएको थियो ।

जिल्लामा ब्यवसायीक रुपमा गाँजा खेतीको सम्भावना कम भएपनि प्राकृतिक रुपमा फैलिएकोलाई नै कारोबार गर्ने गरिएको प्रहरीको भनाई । प्रहरीले गाँजा नष्ट गर्न पैसा नलाग्ने १०० र डिएसपी किरणजंग कुँवरको ९८५७६२५५५५, सूचनाका लागी ९८५७६४०४४४ मा सम्पर्क गर्न सकिने जनाएको छ ।

Leave a Reply