सामुदायिकको क्वारेन्टाइन हटाएर मात्रै भर्ना अभियान : नेविसंघ म्याग्दी

0
353

कोरोना भाइरसको संक्रमणको जोखिम बढिरहेको अवस्थामा कुनै कार्ययोजना बिनै पठनपाठन सुचारु गर्न खोजिएको भन्दै नेपाल विद्यार्थी संघ म्याग्दीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असार १ गतेबाट पठन सुचारु गर्न आह्वान गरेपछि नेविसंघ म्याग्दीले विद्यालय सूचारु गर्न सामुदायिक विद्यालयमा रहेका क्वारेन्टाइनलाई अर्को ठाउँमा ब्यवस्थापन गर्नुपर्ने माग गरेको छ ।

प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाललाई ज्ञापनपत्र बुझाउँदै नेविसंघ म्याग्दीका सभापति निर्मल खत्रीले सामुदायिक विद्यालयमा क्वारेन्टाइनमा राख्ने, निजी विद्यालयलाई भर्ना अभियानमा प्रोत्साहन गर्ने जस्तो सरकारी घोषणा देखिएकाले निजी विद्यालय प्रोत्साहन गर्ने सरकारी घोषणा अमान्य हुने बताए ।

उनले सामुदायिकको क्वारेन्टाइन हटाएपछि मात्रै भर्ना अभियान सञ्चालन नगरे थप आन्दोलन चर्काउने बताए। भर्ना अभियान सहित कोभिड १९ जोखिम न्यूनिकरण गरी विद्यार्थीलाई सुरक्षित विद्यालयमा जाने अभियानमा नेविसंघको साथ रहेको समेत खत्रीले बताए ।

शैक्षिक क्षतिलाई न्युनीकरण गर्न अपरिहार्य रहेपनि सामुदायिक विद्यालयलाई असर गर्ने गरी बैकल्पिक प्रणालीबाट सिकाइमा सहजीकरणको बाहनामा निजीलाई पोस्ने प्रयास गरेको नेविसंघको आरोप छ। ज्ञापनपत्र बुझ्दै प्रजिअ ढकालले सम्बन्धि निकायमा तत्काल पठाउने बताए ।