पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको क्वारेन्टाइनमा बसेका एक यूवा म्याग्दी खोलामा नुहाउन जाँदा बेपत्ता भएपछि खोजीकार्य जारी छ । मालिका गापा–६ दरबाङको छायरछयारेको झोलुङ्गे पुल नजिकबाट खोलामा प्रवेश गरेका छिमेकी धवलागिरी गाउँपालिका–७ धारापानीका १९ बर्षिय राजेश थापा बेपत्ता भएको प्रहरी नायब उपरीक्षक किरणजंग कुँवरले बताउनुभयो ।

‘खोजीकार्य भइरहेको छ,‘बेनीबाट हामी जादैछौ’प्रनाउ कुँवरले भन्नुभयो । क्वारेन्टाइनबाट अत्याधिक गर्मी भएको भन्दै साथीहरुसँगै खोलामा गएको बुझिएको छ । थापा बेपत्ता भएको स्थानमा विगतमा समेत बगाएको थियो । पौडी खेल्न गएको बताएपनि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

रोजगारको सिलसिलामा भारतबाट आएका १८ जनाको पिसिआर नेगेटिभ आएपछि मालिकाको क्वारेन्टाइनमा राखिएको थियो । छिमेकी धवलागिरी गाउँपाकिलाकाबाट भारतमा गएर फर्किएकालाई समेत मालिकामै राखिएको थियो । बेपत्ताको खोजीमा इलाका प्रहरी कार्यालय दरबाङका साथै प्रहरी चौकी बावियाचौरबाट समेत खटिएको छ । छायारछारेदेखि बावियाचौरसम्म खोजीकार्य भइरहेको छ ।

Leave a Reply