नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियू म्याग्दीले कोरोना भाइरस (कोभिड१९) को संक्रमण जोखिम बढ्दै जान थालेको अवस्थामा जिल्ला प्रशासन कार्यालय म्याग्दीमा स्वंयमसेवक परिचालनका लागि अनुमति मागेको छ ।

कोरोनाको जोखिम तथा विपद्ममा सघाउने गरी आवश्यक अनुमति दिन जिल्ला प्रशासन कार्यालय म्याग्दीलाई अनुमति माग गदैं ज्ञापनपत्र बुझाएको छ । अनेरास्ववियू म्याग्दीका अध्यक्ष सुवास विक र सचिव रेशम कार्कीद्धारा प्रजिअ ज्ञाननाथ ढकाललाई ज्ञापनपत्रमार्फत विगतमा जस्तै जटिल समयमा सहकार्य गर्न तयार रहेको जनाएको छ ।

‘जिल्लाका केही निजी विद्यालयका कार्यरत शिक्षकको तलबसुविधा रोकिएको गुनासो आइरहेको छ,‘तत्काल शिक्षकको तलब उपलब्ध गराउन माग गछौं’ अध्यक्ष विश्वकर्माले भने ।

त्यस्तै अनेरास्ववियूले कोरोना संक्रमणका कारण पठनपाठन अवरुद्ध भएको अवस्थामा विद्यार्थीको शैक्षिक गतिविधिमा गम्भीर असर गरेकाले कम्तिमा विद्यालय सूचारु हुने अवस्था भन्दा अगाडी नै हातहतमा पुस्तक पुर्याउने वातावरण बनाउन समेत अनुरोध गरेको छ ।

शिक्षा विकास तथा समन्वय इकाईलाई इमलेमार्फत ज्ञापनपत्र पठाउँदै विद्यार्थीलाई नयाँ पुस्तक हातमा परेमा घरमा समेत पढ्ने वातावरण हुने भएकाले उक्त प्रक्रियालाई अगाडी बढाउन अनुरोध गरेको जनाएको छ ।

अनेरास्ववियूले जिल्लाका सबै स्थानीय तहलाई उक्त ज्ञापनपत्र समेत पठाएको जनाएको छ । यसबीज ज्ञापनपत्र बुझद्ै प्रजिअ ढकालले विद्यार्थीको रचनात्मक कार्यको प्रशंसा गर्ने बताउँदै आवश्यकता भएमा सहकार्य गर्ने प्रतिबद्धता ब्यक्त गरे

Leave a Reply