म्याग्दी जिल्लामा कोरोना भाइरस बिरुद्धको जनचेतनामुलक अभियानलाई सघाउन ग्लोरी फाइन आर्ट ग्रुपले भित्तेलेखन सुरू गरेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै जान थालेपछि म्याग्दीका ब्यवसायीक चित्रकारहरूको साझा संस्थाको रुपमा स्थापित ग्रुपले बेनी नगरपालिका–९,गलेश्वरको प्रवेशद्धारबाट कोरोना भाइरस सम्बन्धी सर्वसाधारणका लागि जनचेतनामुलक सन्देशको भित्तेलेखन सुरू गरेको हो ।संस्थागत सामाजिक उत्तरदाहित्व अन्तरगत कोरानो संक्रमणको रोकथामका लागि सन्देशमुलक भित्तेलेखनमा सक्रिय भएको ग्रुपका सदस्य सुरेन्द्र रानाले बेनीअनलाइनलाई बताए ।‘कोरोना बिरुद्धको अभियानमा हामीले आफ्नो कलामार्फत सघाउन चाहन्छौ,‘सबैको साझा लडाईबाटै कोरोनालाई परास्त गर्न सकिन्छ’ रानाले भने।

उनले जिल्लाका सबै स्थानीय तहको मुख्य प्रवेशद्धार आसपासका क्षेत्रमा सरकारले जारी गरेका सन्देशमुलक नाराहरूलाई भित्ते लेखन गर्ने बताए ।  ललिन्द्र थापामगर, अमृत श्रीपाली, प्रेम तामाङ उक्त अभियानमा सक्रिय छन् । ‘करिब १ लाख खर्च हुन्छ,‘सन्देशमुलक सूचनाले जनचेतना फैलाउन सहज हुन्छ’ थापामगरले भने। उनका अनुसार सदरमुकाम बेनीबजारकामा धेरै हुने भएपनि गाउँपालिकामा पहिलो चरणमा एक–एक स्थानमा गरिने बताए ।

कोरोना भाइरस संक्रमणको त्रासमा रहेकालाई भित्तेलेखनमार्फत उत्साहित बनाउने प्रयासमा रहेको ग्लोरी फाइन आर्ट गु्रपले जनाएको छ । समुहको अभियानमा कोभिड १९ कमाण्ड पोष्टले आवश्यक परामर्श दिने गरेको छ । स्थापनाको छोटो समयमा गु्रपले पर्यटकीयस्थल टोड्केमा लाइभ पेन्टिङ समेत गरेको थियो । यूवापुस्तालाई पेन्टिङमा आकर्षित गु्रपले विभिन्न रचनात्मक कार्य गदैं आइरहेको छ ।

म्याग्दीमा पेन्टिङसँगै स्केच लगायत डिजिटल पेन्टिङमा समेत यूवाहरु अग्रसर छन् । स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले कोरोना भाइरसको सम्भावित संक्रमणबाट सतर्क बन्दै अरुलाई पनि सतर्क बनाउने अभियानमा जुट्ने चित्रकारलाई धन्यवाद समेत दिएका छन् ।

Leave a Reply