म्याग्दीको मालिका गाउँपालिकाले छ्यारछ्यारेमा बनाएको क्वारेन्टाइनमा वसेका एक युवा म्याग्दी खोलामा नहुाउँने क्रममा बेपत्ता भएपछि क्वारेन्टाइनलाई सारिएको छ।

मालिका गाउँपालिका–६ छ्यारछ्यारे स्थित जनप्रिय माविको भवनमा बसेका धवलागिरी गाउँपालिका-७ धारापानीका १९ का राजेश थापा नजिकै रहेको म्याग्दी खोलामा पौडी खेल्न जाँदा बेपत्ता भएपछि क्वारेन्टाइनलाई विद्यालयको मुख्य भवनमा राखिएको स्थानान्तरण गरिएको गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो ।

‘घटना भइसकेपछि क्वारेन्टाइन नै परिवर्तन गरियो,‘उहाँहरुको पिसिआर रिर्पोट नेजेटिभ भएकाले त्रसित हुनुपदैन’ रोकाले भन्नुभयो ।

खोलामा बेपत्ता भएकाको खोजीकार्य बुधबार विहानैदेखि जारी रहेको बताउँदै खोजीकार्यलाई निरन्तरता दिने बताउनुभयो । क्वारेन्टाइन नजिकै रहेको सार्वजनिक धारामा स्थानीयले समेत प्रयोग गर्ने गरेको अवस्थामा नुहाउन खोलामा पुगेका थापा चिप्लिएर खसेको क्वारेन्टाइनमै रहेका उनका साथीहरुले बताएका छन् ।

रोजगारको सिलसिलामा भारत गएका थापा सहित मालिकाका १८ जनाको पिसिआर रिर्पोट नेगेटिभ आएपछि तीनदिन अगाडी गाउँपालिकाको क्वारेन्टाइनमा पठाइएको थियो । बेपत्ता यूवाको खोजि तथा घटनाको अनुसन्धानका लागि प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, प्रहरी नायव उपरिक्षक किरणजंग कुवँर घटनास्थलमा पुग्नुभएको थियो ।

Leave a Reply