म्याग्दीमा थप एक जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । भारतबाट आएका एकजनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय, पोखराले जनाएको छ । कोरोना पुष्टि भएका पुरुष बेनी नगरपालिका–८ न्यू वेष्ट प्वाइन्ट आवासीय माविको रहेको क्वारेन्टाइनमा रहेका  मंगला गाउँपालिकाका-१९ बर्षका पुरुस हुन।

क्वारेन्टाइनमा बसेकाको पीसीआर जाँच गर्दा रिपोर्ट पोजेटिभ आएपछि उनलाई खुल्लामञ्चमा रहेको आइसोलेसनमा लगिने छ । यो संगै म्याग्दीमा कोरोना संक्रमितको संख्या २ पुगेको छ ।

Leave a Reply