दोस्रो संक्रमति मंगला गाउँपालिका–४ का १९ बर्षिया यूवाको स्वास्थ्य सामान्य रहेको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । गत जेठ १२ गते नेपाल–भारत सीमा क्षेत्रबाट उद्धार गरी न्यू वेष्ट प्वाइन्ट आवासीय माविको क्वारेन्टाइनमा राखिएको स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले बेनीअनलाइनलाई जानकारी दिनुभयो ।

‘संक्रमतिको स्वास्थ्य अवस्था समान्य छ,‘केही घण्टाभित्रै खुल्लामञ्चको आइसोलेसन कक्षमा साछौं’ लम्सालले भन्नुभयो । संक्रमति सीमा क्षेत्रबाट सिधै सवारीसाधनमा क्वारेन्टाइनमा आएपनि उनको ट्राभल हिस्ट्री सहित सम्पूर्ण विवरणहरु संकलन गरिने छ ।

यूवासँगै आएका १५ जनाको स्बाब संकलन गरी पिसिआर रिर्पोटका लागि गत जेठ १८ गते पोखरा पठाइएको थियो । १५ जनामध्ये एकजना कोरोना पोजेटिभ देखिएको हो । यसअगाडी पश्चिम म्याग्दीकै मालिका गाउँपालिका–४ का यूवामा कोराना देखिएको थियो ।

उनको अवस्था समेत सामान्य छ । उनले औषधी समेत सेवन गरेका छैनन् । म्याग्दीबाट हालसम्म १५८ जनाको स्बाब नमुना मध्ये १३०को पिसिआर परीक्षणमा २ज जनालाई कोरोना देखिएको छ भने १२८ जनाको रिर्पोट नेगेटिभ आएको छ । थप २८ जनाको पिसिआर रिर्पोट आउन बाँकी छ ।

Leave a Reply