धौलागिरीको तिन जिल्लामा विहानै १५ संक्रमति थपिएका छन् । बिहिबार विहानै बागलुङमा १०,पर्वत ४ र म्याग्दीमा १ गरी १५ जना नयाँ संक्रमति थपिएका हुन् । कोरोना संक्रमित हुनेमा बागलुङको निसिखोला गाउँपालिकाकी १ महिला, २ पुरुष, बढिगाड गाउँपालिकाका ४ पुरुष, गल्कोट गाउँपालिका ३ पुरुष रहेका छन्। त्यस्तै पर्वत विहादी गाउँपालिका २, फलेबास गाउँपालिका २ जना र म्याग्दीको मंगला गाउँपालिकाका १ पुरुष छन् ।

उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेकाले सम्बन्धित जिल्लाको आईसोलेसनमा लैजाने तयारी गरिएको गण्डकी प्रदेश कोरोना रोकथाम कार्यक्रमका प्रबक्ता डा विनोद विन्दू शर्माले बताए ।

साविकको धवलागिरी अञ्चलको मुस्ताङ बाहेक तीनै जिल्लामा कोरोना संक्रमति थपिएका छन् । मुस्ताङमा हालसम्म कोरोना संक्रमति भेटिएका छैनन् । यसअगाडी बागलुङमा दुई निको भइसकेका छन भने ८ जना संक्रमित थिए र यो सँगै बागलुङमा संक्रमतिको संख्या १८ पुगेको छ, पर्वतमा ९ र म्याग्दीमा २ पुगेको छ ।

Leave a Reply