म्याग्दीमा लामखुट्टेको टोकाई बाट बच्न झुल वितरण गरिएको छ । जिल्लाभित्र डेंगुबाट संक्रमित र प्रभावित क्षेत्रका बसोबास गर्नेलाई म्याग्देली यूवा आवाज अभियानको आर्थिक तथा नेपाल युथ काउन्सिलको ब्यवस्थापनमा जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत लिई १ सय ५० थान झुल वितरण गरिएको हाल दक्षिण कोरियामा रहेका अभियानका सदस्य दिनेशजंग कटुवालले बेनीअनलाइनलाई बताउनुभयो ।

विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार बेनी नगरपालिका, मंगला गाउँपालिका लगायतका क्षेत्रमा बसोबास गर्नेलाई झुल वितरण बेनी अस्पताल, स्थानीय तहले समेत सहयोग गरेको छ भने वितरणमा नेपाल यूथ काउन्सिलका जिल्ला अध्यक्ष छवि आचार्य सहितको टोलीले गरेका छन् । सामाजिक सञ्जालमा म्याग्देली यूवा आवाज नामक पेजमार्फत पहिलो कार्यक्रम अन्तरगत झुल वितरण गरिएको हो ।

थप झुलका लागि समेत केही रकम बचत रहेको समुहले जनाएको छ । डवल बेडमा प्रयोग गर्न मिल्ने झुलसँगै ५ सय मास्क समेत वितरण गरिएको छ ।म्याग्दीमा बैशाख र जेठ महिनामा ११ जनामा डेंगु पोजेटिभ देखिएको छ ।

Leave a Reply