एक यूवाले आफ्नो वैवाहिक बर्षगाँठको अवसरमा बेनी अस्पताललाई डेंगु किट र मास्क वितरण गरेका छन्। बेनी नगरपालिका–७ विरेन्द्रचोक घर भई हाल अष्ट्रेलियामा रहेका हिक्मत श्रेष्ठले बुबा दलप्रसाद र दाई हिमाल श्रेष्ठमार्फत अस्पतालका अध्यक्ष बेलबहादुर कटुवाल, अस्पताल प्रमुख डा. अमृत अधिकारीलाई ६० थान डेंगु किड र ४ सय थान सर्जिकल मास्क वितरण गरेका हुन् ।

अष्टेलियामा रहेका विभिन्न सामाजिक कार्यमा सक्रिय रहेका श्रेष्ठले जिल्लामा डेंगु संक्रमितको संख्या ह्वात्तै बढेपछि उपचारमा सहज हुने गरी किट उपलब्ध गराउँदै थप आवश्यक परेमा सहयोग गर्ने बताएका छन् । अष्टेलियामा कोरोनाका कारण रोजगार गुमाएका तथा समस्यामा परेकालाई सहयोग सहित विभिन्न अभियानमा समेत संयोजन गर्ने गरेका छन् ।

सहयोग हस्तान्तरढा कार्यक्रममा कोरोना महामारी र बन्दाबन्दीको समयमा अस्पतालमा आवश्यक पर्ने साम्रागी सहयोग गरेकोमा ब्यवस्थापन समितिका अध्यक्ष कटुवालले धन्यवाद दिए । अस्पतलामा कोरोना र डेंगुको रोकथाममा सहयोग गर्न समेत अपिल गरेका छन् ।

Leave a Reply