म्याग्दी क्याम्पसको क्वारेन्टाइनमा यसरी सिकाइन्छ योग

नेपाल– भारत सीमा क्षेत्रबाट उद्धार गरी म्याग्दी बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएकालाई योग प्रशिक्षण दिर्दैं नविन आनन्द योग केन्द्र नेपालका केन्द्रिय अध्यक्ष नविन जुग्जाली सहितको टोली । क्याम्पसको क्वारेन्टाइनमा रहेकामध्ये १५ जना भवनको छत र ३६ जना भुईमा बसेर योग सिक्ने गरेका छन्।

सामाजिक दुरी कायम गदैं क्याम्पसको शिक्षा र मानवीकी संकायको भवनमा बनाइएको क्वारेन्टाइनमा बसेकालाई योग प्रशिक्षकले ब्यवस्थापन संकायको भवनबाट प्रशिक्षण दिने गरेका छन् । स्वस्थ्य खानपान र अनुशासित जीवनशैलीसंगै योगलाई दैनिक जीवनको एउटा महत्वपूर्ण हिस्सा भएकाले कोरोनाबाट जोगिन नियमित योगले समेत सघाउन बुधबारदेखि नियमित योग सुरु भएको छ ।

हरेक दिन सीमा क्षेत्रबाट थपिदै गएकालाई योग प्रशिक्षणले उर्जा थपेको छ । क्वारेन्टाइनमा बस्ने सबैको दिनचर्या, रोग प्रतिरोध क्षमताको वृद्धि गर्ने उपाय, आत्मबल बढाउने लगायतमा केन्द्रित भएर योग प्रशिक्षण सुरू गरिएको हो । न्यू वेष्ट प्वाइन्ट आवासीय माविमा रहेकालाई समेत विहान ६ बजेदेखि ७ बजेसम्म र म्याग्दी क्याम्पसमा ७ देखि ८ बजेसम्म योग प्रशिक्षण दिइने गरिएको छ । बेनी नगरपालिकाको आयोजना, कोभिड १९ कमाण्ड पोष्टले समेत आवश्यकता अनुसार सघाइरहेको छ ।तस्वीर सौजन्य नविन आनन्द योग केन्द्र नेपाल