म्याग्दी गण्डकी प्रदेशमै सबैभन्दा धेरै डेंगु संक्रमित हुने जिल्ला बनेको छ । पछिल्लो दुई महिनामा गण्डकी प्रदेशका ११ जिल्लामा सबैभन्दा धेरै डेंगु संक्रमित म्याग्दीमा भेटिएका छन् ।

कोरोना भाइरस सङ्क्रमण जोखिमका बीच सरकारले गरेको लकडाउनमा देशभरबाट सवारीसाधनमा आवतजावत न्यून भएपनि बैशाख र जेठ महिनामा म्याग्दीमा ११ जनामा एडिस जातको लामखुट्टेको टोकाइबाट संक्रमण फैलिने डेंगु पोजेभिट देखिएको छ भने दोस्रो कास्कीमा १० जना छन् ।

गतबर्ष पहिलोपटक डेंगु देखिएको म्याग्दीमा यसबर्ष दुई महिनामै गतबर्षका भेटिएका संक्रमितको संख्या उछिन्न खोजेको छ । नवलपरासी पुर्व २, पर्वत १ जना, बागलुङ १ जना, तनहुँ १ र गोरखा जिल्लामा १ जनामा पोजेटिभ देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । म्याग्दीमा भेटिएका १ जना तनहुँ र पोखराबाट आएका बाहेक सबै ग्रामिण क्षेत्रका हुन् ।एक महिला छिमेकी पर्वत जिल्लाको जलजला गाउँपालिकाकी हुन् ।

‘जिल्लाभित्रका संक्रमितको ट्राभल हिस्ट्री छैन्,‘सचेतनामुलक कार्यक्रमलाई प्राथमिकता दिनुपर्छ’ बेनी अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. अमृत अधिकारीले भने । डेंगु नियन्त्रणा अभियानमा हेल्चेक्राई गरिएमा जुनसुकै बेला पनि रोगले महामारीको रुप लिन सक्ने भएकाले सतर्कता अपनाउनुपर्ने डा. अधिकारीको भनाई छ । डेंगु संक्रमण नभएका लामखुट्टेले टोकेमा भने डेंगु सर्दैन।

लामखुट्टेले टोकेको ५ देखि ७ दिनभित्र डेंगु संक्रमण हुन्छ। म्याग्दी गण्डकी प्रदेश बाहेक देशभर रुपन्देही जिल्लापछि दोस्रो स्थानमा रहेको बेनी अस्पतलाका सूचना अधिकारी प्रकाश सुबेदीले बताए । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्याङ्क अनुसार देशैभर २७ जिल्लाका ८३ जनामा डेंगु संक्रमित भेटिएका छन् ।

यो संक्रमणमा कडा ज्वरो आउने, आँखाको गेडी रातो हुने, शरीरमा बिमिरा आउने, आन्तरिक रक्तश्राव हुने, जोर्नी, मांशपेशी दुख्ने, नाक तथा गिजाबाट रगत बग्नेजस्ता लक्षण देखिन्छ।एउटै मानिसमा डेंगु दोहोरिएमा र समयमै उपचार नभएमा आन्तरिक रक्तश्रावले पनि बिरामीको मृत्यु हुनसक्ने भएपनि यो रोगको संक्रमणबाट हुने मृत्युदर भने कम रहेको चिकित्सकको भनाई छ।

डेंगु संक्रमण नभएका लामखुट्टेले टोकेमा भने डेंगु सर्दैन। लामखुट्टेले टोकेको ५ देखि ७ दिनभित्र डेंगु संक्रमण हुन्छ। त्यस्तै गतबर्ष पहिलोपटक म्याग्दीमा एकजनामा देखिएको मुसामा हुने किर्नाबाट सर्ने स्क्रब टाइफस परजीवीको सङ्क्रमण यसबर्ष बैशाख र जेठ महिनामै ५ जनामा देखिएको छ ।

डेंगु र स्क्रब टाइफस पोजेभिट भएका दुई बिरामी छन भने एक महिलालाई थप उपचारका लागि पोखरा समेत रिफर गरिएको थियो । स्क्रब टाइफस र डेंगुको लक्षण करिब एउटै हुने भएपनि स्क्रब टाइफसमा किर्नाले टोकेको वरिपरि शरीरमा रातो बिमिरा देखा पर्नु ज्वरो अत्यधिक आउनु स्क्रब टाइफसका प्रमुख कारण हुन्
दुई महिनामा भेटिएका संक्रमति

MYAGDI-12

KASKI- 10

NAWALPARASI EAST-2

GORKHA- 1

TANAHU-1

BAGLUNG- 1

Parbat- 2

Leave a Reply