परिवारको खुशीका लागि धन कमाउने सपना लिएर मालिका गाउँपलिका-४ का ३० बर्षिय यूवा तीनमहिना अगाडी भारतको उत्तर प्रदेशमा पुगेको केहीदिनमै कोराना भाइरसको जोखिमले भारतमा लकडाउन सुरू भयो ।

गाउँघरबाट आफ्ना साथीहरूले वैदेशिक रोजगारीबाट राम्रै कमाइ गरेको देखेर छिमेकी राष्ट्र भारतमा पुगेका थिए । खाडीमुलुक जाने योजना पनि बनाएका उनले घरव्यवहार धान्न धौधौ परिरहेको अवस्थामा लगानी विनै सजिलै काम पाउने भएकाले धन कमाउन मुग्लान पसेका थिए ।

सानो परिवार भएपनि बालबच्चाको शिक्षादिक्षा, बिहान–बेलुकी हातमुख जोड्न समेत मुस्किल भइरहेकाले सडकमार्ग हुदै भारतमा प्रवेश गरेका उनले कोरोना भाइरसको त्रासले भारतमा लकडाउनसँगै जोगिनरित्तो हात निराश हुँदै घर फर्किए ।

स्वदेश फर्किने क्रममा भारतीय सीमामै रोकिए । नौतुनामा १७ दिन क्वारेन्टाइनमा बसेर पुनः नेपालमा ३ दिन क्वारेन्टाइनमा बसेपछि मात्रै आफ्नै जिल्लामा आउने अवसर पाइयो ।

गत जेठ ९ गते बेनी आएपछि पाँचदिनपछि गरिएको पिसिआर परीक्षणमा कोरोना पोजेटिभ भएपछि उनको दैनिकी परिवर्तन भएको छ । बुधबार कोरोना पोजेटिभ रिपोर्ट देखिएका म्याग्दीको मंगला गाउँपालिका वडा नं ४ बरंजाका १९ वर्षिय यूवाले समेत निको भएपछि स्वदेशमै काम गर्ने योजना सुनाउने गरेका छन् ।

भारतको वाराणासीमा २२ दिनसम्म क्वारेन्टिनमा बसेका र म्याग्दी आएको ५ दिनमा कोरोना संक्रमण भेटिएपछि केही निराश भएपनि औषधी सेवन गर्न नपरेकाले उनी आइसोलेसनमा अर्का संक्रमितसँग अबको दिनमा कसरी दैनिकी चलाउने भन्ने गफ गर्ने गरेका छन् ।

म्याग्दीको सदरमुकाम बेनीको खुल्लामञ्च नजिक रहेको शैक्षिक तालिम केन्द्रको भवनको २० बेडमा रहेका दुबै संक्रमितले निको भएपछि आफ्नै गाउँठाउँमा रोजगारीको अवसर पाएमा विदेश नजाने योजनामा छन् ।

‘विदेशमा गएर कमाउन खोज्दा यस्तो भयो,‘अब सानो परिवारलाई पाल्न गाउँमै काम गर्छु’ उनीहरुको भनाई उद्धित गदैं बेनी अस्पतालका अध्यक्ष बेलबहादुर कटुवालले भने।विगतमा पनि भारतमा गएर फर्किएको कारण रोजगारीको खोजीमा पुगेपनि यसपटक नराम्रो दुख पाएको बताउँदै गाउँघरकै विकास निर्माणमा काम गरेर परिवारको ज्यान पाल्ने बताए ।

घरको आर्थिक अवस्था कमजोर भएकाले विना लगानीको रोजगारको खोजीमा भारतसम्म पुगेका दुबै संक्रमितलाई आवश्यकता अनुसारको सहयोग गर्नेहरुको समेत प्रतिबद्धता आइरहेको छ ।

भारतबाट नेपाल फर्किनेले पाएको दुखले अब आफ्नो जन्मभूमि नछोड्ने योजना सहित परिवारलाई समेत सुनाएको बताए ।

‘यसपटकको बसाईले धेरै अनुभव बटुल्न पाए,‘अब मैले यहाँबाटै बाँकी योजना बनाउँछु’ यूवाले भने । कोरोना पोजेटिभ देखिएपछि उनले स्वास्थ्यकर्मीले विहान ज्वरो र प्रेसर नाप्न सिकाएको बताउँदै धेरै सिक्ने अवसर मिलेको बताउँदै आइलोसेनमा कुनै समस्या नभएको संक्रमतिको भनाई छ ।

Leave a Reply