बेनी नगरपालिका-६ अर्थुङ्गेका पूर्णबहादुर भण्डारीले बषौंदेखि अर्काको जग्गामा साना झुप्रो बनाएर बस्दै आएका थिए । दैनिक ज्यालामजदुरी गरी परिवारको गुजरा चलाउँदै आएका भण्डारीले एउटा सानो जग्गामा घर बनाउने धोको अधुरै थियो ।
ज्यालामजदुरीको कमाईले परिवार पाल्दै आएका भण्डारीको नयाँ र चिटिक्कको घर बनाउने धोको स्थानीय स्थानीय समाजसेवी अमर बानियाँको सक्रियतामा स्थानीयले पूरा गरिदिएको छ ।
बुढेशकालमा श्रीमति र छोरीलाई आफुँले घर बनाउन नसकेपनि राम्चे सामुदायिक बनले जग्गामा वडा अध्यक्ष कृष्णसिङ बानियाँ,अर्थुङ्गे यूवा क्लव साथै स्वदेश तथा विदेशमा रहेकाबाट प्राप्त सहयोगले धमाधम घर बन्नथालेपछि उत्साहित भएका छन् । ‘घरको नाममा उनको सामान्य छाप्रोनै थियो,‘अहिले घर बन्दैछ, मेरो सपना समुदायले पुरा गरिदिनुभएको छ’ भण्डारीको भनाई उद्धित गदैं अमर बानियाँले भने ।
आर्थिक अवस्था कमजोर भएकै कारण जिर्ण घरमा बस्दै आउनुभएका भण्डारी परिवारलाई वडा अध्यक्ष बानियाँ सहितमार्फत आर्थिक तथा श्रमदानमार्फत घर बनाउने कार्य भइरहेको स्थानीय मुना बानियाँले जानकारी दिईन् ।
जग्गा जमिन अभावमा सुकुम्बासी जिवन विताइरहेको अवस्थामा समुदायले एकसाथ घर बनाउने अभियानमा साथ दिएका छन् । दिनरात गरि कमाएको पैसाले खान हम्मे हम्मे हुने अवस्थामा समुदायले आर्थिक तथा श्रमदान गरेपछि भण्डारी परिवार उत्साहित छन् । लकडाउनको समयमा गाउँमै रहेका यूवाहरुले घर बनाउने कार्यमा साथ दिएका छन् ।








