बेनी नगरपालिका-६ अर्थुङ्गेका पूर्णबहादुर भण्डारीले बषौंदेखि अर्काको जग्गामा साना झुप्रो बनाएर बस्दै आएका थिए । दैनिक ज्यालामजदुरी गरी परिवारको गुजरा चलाउँदै आएका भण्डारीले एउटा सानो जग्गामा घर बनाउने धोको अधुरै थियो । ज्यालामजदुरीको कमाईले परिवार पाल्दै आएका भण्डारीको नयाँ र चिटिक्कको घर बनाउने धोको स्थानीय स्थानीय समाजसेवी अमर बानियाँको सक्रियतामा स्थानीयले पूरा गरिदिएको छ ।

बुढेशकालमा श्रीमति र छोरीलाई आफुँले घर बनाउन नसकेपनि राम्चे सामुदायिक बनले जग्गामा वडा अध्यक्ष कृष्णसिङ बानियाँ,अर्थुङ्गे यूवा क्लव साथै स्वदेश तथा विदेशमा रहेकाबाट प्राप्त सहयोगले धमाधम घर बन्नथालेपछि उत्साहित भएका छन् । ‘घरको नाममा उनको सामान्य छाप्रोनै थियो,‘अहिले घर बन्दैछ, मेरो सपना समुदायले पुरा गरिदिनुभएको छ’ भण्डारीको भनाई उद्धित गदैं अमर बानियाँले भने ।आर्थिक अवस्था कमजोर भएकै कारण जिर्ण घरमा बस्दै आउनुभएका भण्डारी परिवारलाई वडा अध्यक्ष बानियाँ सहितमार्फत आर्थिक तथा श्रमदानमार्फत घर बनाउने कार्य भइरहेको स्थानीय मुना बानियाँले जानकारी दिईन् ।

जग्गा जमिन अभावमा सुकुम्बासी जिवन विताइरहेको अवस्थामा समुदायले एकसाथ घर बनाउने अभियानमा साथ दिएका छन् । दिनरात गरि कमाएको पैसाले खान हम्मे हम्मे हुने अवस्थामा समुदायले आर्थिक तथा श्रमदान गरेपछि भण्डारी परिवार उत्साहित छन् । लकडाउनको समयमा गाउँमै रहेका यूवाहरुले घर बनाउने कार्यमा साथ दिएका छन् ।

Leave a Reply