अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

म्याग्दीबाट पठाइएको २८ जनाको पिसिआर नेगेटिभ

On: June 7, 2020 8:29 AM
Follow Us:
---Advertisement---

पहिलो संक्रमित यूवाको कोठामा बसेका दुई सहित २८ जनाको पिसिआर नेगेटिभ आएको छ । नेपाल–भारत सीमा क्षेत्रबाट उद्धार गरी बेनीको क्वारेन्टाइनमा राखिएका १५ जना, फन्टलाइनमा खटिएका ९ जना स्वास्थ्यकर्मी, १ सुरक्षाकर्मी र १ अन्य गरी २८ जनाको स्बाब संकलन गरी पिसिआर परीक्षणका लागि गत जेठ २० गते गण्डकी प्रदेशको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएकोको थियो ।

प्रयोगशालामा अत्याधिक चापका कारण शनिबार रातीमात्रै रिर्पोट प्राप्त भएको स्वास्थ्य कार्यालय म्याग्दीमा प्रमुख एकनारायण लम्सालले बेनीअनलाइनलाई जानकारी दिनुभयो । बेनीको म्याग्दी क्याम्पसमा र न्यू वेष्ट आवासीय माविमा रहेकाहरुको स्बाब संकलनको कार्य जारी रहेको स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन धुब्र गिरीले बताउनुभयो ।

हालसम्म म्याग्दीबाट पिसिआर १ सय ७९मा दुई पोजेटिभ, १५६ नेगेटिभ आएको छ भने २१ जनाको रिर्पोट आउँन बाँकी छ । २१ जनामा पहिलो संक्रमित मालिका गापा–४ ओखरबोटका यूवाको दोस्रो स्बाब समेत छ। स्बाब नेगेटिभ आएसँगै १५ जनालाई होम क्वारेन्टाइनमा पठाइने छ ।

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।