बागलुङ जिल्लामा आईतबार विहान थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा बडिगाड गाउँपालिकाका ९ जना र ढोरपाटन नगरपालिकाका एक जनालाई संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक विनोद विन्दु शर्माले निकालेको विज्ञप्ती अनुसार बडिगाड गाउँपालिकाका २५, ३२, २५, ५२, ४२, २२, २९, २९ बर्षिय पुरुष र एक जनाको उमेर नखुलेको जनाएका छन्भने ढोरपाटन नगरपालिकाका २६ बर्षिय पुरुषलाई संक्रमण पुष्टि भएको जनाइएको छ ।संक्रमितहरु भारतदेखि आइ बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको क्वारेन्टाइनमा बसिरहेका छन् ।

यससँगै बागलुङमा संक्रमितको संख्या २९ पुगेको छ ।यससँगै बागलुङ नगरपालिकामा २, तमानखोला गाउँपालिकामा ४, गल्कोट नगरपालिकामा ३, निसीखोला गाउँपालिकाका ३, बडिगाड गाउँपालिकाका १५, ताराखोला गाउँपालिकामा १ र ढोरपाटन नगरपालिकामा १ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये बागलुङ नगरपालिकाका २ जना निको भएर घर फर्किएका छन्भने अन्य १७ जना धौलागिरी अस्पताल बागलुङको आइसोलेसनमा रहेका छन् ।

Leave a Reply