वैदेशिक रोजगारीको लागि कतार गएका एक म्याग्देलीको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको छ । कतारको सनयामा सेप्रोटेक्स कम्पनीमा कार्यरत बेनी नगरपालिका–५,पुरण्यका मंगल दर्जीको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको उनका आफन्त लालबहादुर परियारले बताए ।

रोजगारको सिलसिलामा सन् २००३ सालमा कतारमा पुगेका दर्जी ढुवानी सम्बन्धि काम गर्ने कम्पनीमा कार्यरत थिए । बिरामी भएपछि उपचारको क्रममा अस्पतालमा लगिएको दर्जीको १४ दिन अगाडी मृत्यु भएपनि शब नेपाल ल्याउन समस्या भएको परिवारले बताएका छन् । मृतक दर्जीको श्रीमति, २ छोरी र १ छोरा मध्ये घरमा श्रीमति र छोरा छन् ।

उनको शव नेपाल ल्याइदिनको लागि सम्बन्धित निकाय र नेपाल सरकारलाई परिवारले आग्रह गरेका छन् । यता म्याग्दी प्रवासी नेपाली संघ म मोना कतारका अध्यक्ष तिलु शर्मा पौडेलले मृत्यु भएको जानकारी प्राप्त भएको बताउँदै आवश्यक प्रक्रियाका बारेमा सम्बन्धित निकायसँग जानकारी लिने प्रयास भइरहेको बताए ।

‘पहिले जस्तो शब सजिलै नेपाल लैजान सकिन्न,‘मृतक कार्यरत कम्पनी र दुतावाससँग आवश्यक प्रक्रियाका बारेमा बुझ्ने प्रयास भइरहेको छ’शर्माले भने । उनका अनुसार कोरोनाको संक्रमण्ण सुरु भए पछाडी कतारमा मृत्य हुने नेपालीको संख्या ४० जनाको हाराहारीमा रहेकाले आवश्यक कागजात सहित सम्बन्धित परिवारको अनुमति आवश्यक पर्ने बताए । मृतक दर्जीका बारेमा थप योजनाका बारेमा मोना कतारमा समेत छलफल भएको छ ।

Leave a Reply