पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६,बाङ्गेपहिरोमा म्याग्दी खोलाले बगाएर ल्याएको अवस्थामा एक जना पुरुषको शव भेटिएको छ । मालिका गाउँपालिकाको क्वारेन्टाइनबाट म्याग्दी खोलामा नुहाउन जाँदा बेपत्ता भएका धवलागिरी गाउँपालिका–७, धारापानीका १९ बर्षिय राजेश थापाको शब भेटिएको वडा अध्यक्ष सन्तनाथ सुबेदीले बेनीअनलाइनलाई जानकारी दिनुभयो ।

गत मंगलबार दिउँसो खोलामा नुहाउन जाने क्रममा बेपत्ता भएका थिए । बेवारिसे अवस्थामा शब भेटिएपछि खोजीकार्य भएको थियो । खोजीकार्यको क्रममा शब थापाको भएपछि पोष्टमार्टमका लागि बेनी अस्पतालमा ल्याउने तयारी भइरहेको छ ।

छ्यारछ्यारेमा रहेको क्वारेन्टाइनबाट थापा म्याग्दी खोलामा नुहाउन गएका थिए । बेपत्ता थापाको खोजीकार्यका लागि शसस्त्र प्रहरीको पोखराबाट ६ जना विपद व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीको गोताखोर टोलीलाई समेत परिचालन गरिएको थियो । उक्त टोलीले शब फेला नपारेपछि शुक्रबार फर्किएको थियो ।

Leave a Reply