म्याग्दीका विभिन्न पालिकालाई समेटेर धौलागिरी आइसफल ट्रेकिङ रूटमा पदमार्ग निर्माण सुरू भएको छ।

नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सुरु गरिएको ट्रेकिङ रुटमा भौतिक पूर्वधार निर्माण गर्ने र पर्यटक भित्र्याउने उद्देश्यले रुइसेडाँडादेखि आइसफलसम्म पदमार्ग निर्माण सुरु गरिएको हो ।आइसफलले म्याग्दीको पिप्ले गलेश्वरदेखि भगवती हुँदै दग्नाम, चिमखोला, बेगखोला, दोवा, भुरुङ तातोपानी र दाना लगायतका उच्च पहाडी क्षेत्रलाई समेटिएको छ। बेनीदेखि तीन किलोमिटर अगाडि गलेश्वरबाट सुरु हुने यो पदमार्ग, पिप्ले, भगवती हुँदै, रुइसेडाँडा, पक्षत्रधुरी, मुटुकाटे, भेडीओडार, सोवाङधुरी, दहबुकी हुँदै कालीबराह जोडिन्छ ।


कालीबराहसँगै आइसफल क्षेत्र जोडिएको छ। कालीबराहबाट मुस्ताङ क्षेत्र प्रवेश गरेर लेते झर्ने र त्यसबाट फेरि दक्षिणतर्फ कुइनेमङ्गले, चिमखोला हुँदै तल्लो क्षेत्र भएर बेनी र्झन सकिन्छ।

उच्च पहाडी र हिमाली क्षेत्रहरुलाई समेटेको आइसफलमा पदमार्ग निर्माण भएमा करिब एक साताको समयमा यात्रा गर्न सकिन्छ।धवलागिरी आइसफलमा पदमार्ग निर्माणका लागि छुट्टाएको बजेटमध्ये यस वर्ष २५ लाख रूपैयाँ र थप २५ लाख चाडै निकासा हुने हुने भएको सांसद थममाया थापाका स्वकीय सचिव गम पुनले जानकारी दिए।


घनाजङ्गलमा भेटिने घोरल, मृग, डाँफे, मुनाल, चरनखर्कमा भेडा, भैँसी, गाईलगायतका पाल्तु जनावरको हुल, विभिन्न रङका लालीगुराँस, अग्ला(अग्ला पर्वत, दहबुकी ताल, धौलागिरी र अन्नपूर्ण हिमालको शृङ्खला र बहुमूल्य जडीबुटी यार्सागुम्बा पदमार्गको मुख्य आकर्षण हुन्।

 

Leave a Reply