सरकारले लकडाउन खुकुलो पार्ने गृहकार्य अगाडि बढाइरहेको भएपनि तत्काल कुनै जानकारी नआएकाले पूर्वनिर्धारित कार्यतालिका यथावत् रहेको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउनका विभिन्न मोडालिटी बारे छलफल गरेपनि कुनै जानकारी नआएकाले सुरक्षा समिति तथा विपद् ब्यवस्थापन समितिले बन्दाबन्दीलाई खुकुलो बनाउने कुनै निर्णय नभएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो ।

‘बन्दाबन्दी खुलुको भन्ने हल्ला मात्रै हो,‘अनुमति दिइएका बाहेक अन्य क्रियाकलाप नर्गन निर्देशन दिइएको छ’ प्रजिअ ढकालले भन्नुभयो । उहाँले विगतमाझै बन्दाबन्दीको पूर्णपालना गर्न समेत म्याग्देलीलाई अनुरोध गर्नुभएको छ । ‘लकडाउन खुकुलो पार्ने जानकारी आएलगत्तै सम्पूर्णमा जानकारी गराइने प्रजिअ ढकालको भनाई छ ।

जिल्लामा लकडाउनको अवधिमा सञ्चालित बैंक तथा वित्तिय संस्था सहित अन्य अत्यावसेक सेवमा समस्या परेमा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउन समेत अनुरोध गरिएको छ । जिल्लाका सबै नाकामा राखिएका सुरक्षा पोष्ट यथावत छन भने सुरक्षाकर्मीलाई समेत पूर्वनिर्धारित तालिका अनुसार नै परिचालन गरिएको छ ।

Leave a Reply