म्याग्दी जिल्लाको पहिलो कोरोना संक्रमित ब्यक्तिको दोस्रो परीक्षण पोजेटिभ देखिएको छ । जिल्लाको मालिका गाउँपालिका–४ घर भएका ३० बर्षिय कोरोना संक्रमित पुरुषको दोस्रो पटक गरिएको परीक्षणमा पनि पोजेटिभ रिर्पोट आएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो ।

नेपाल–भारत सीमा क्षेत्रबाट उद्धार गरी बेनीको क्वारेन्टाइनमा राखिएको यूवाको पहिलो परीक्षण पोजेटिभ आएपछि हाल खुल्लामञ्चमा रहेको शैक्षिक तालिम केन्द्रको भवनमा छन् । पहिलो परीक्षणमा संक्रमण पुष्टि भएको सात दिनपछि गरिएको पुनः परीक्षणमा कोरोना पोजेटिभ देखिएपनि स्वास्थ्य अवस्था समान्य रहेको छ ।

त्यस्तै क्वारेन्टाइनमा संक्रमित यूवासँगै बसेका दुईजनाको पिसिआर नेगेटिभ आएपछि दुवैलाई घरमा छुट्टै बस्ने गरी पठाइएको छ । यसैबीच स्बाब संकलन गरी पिसिआर परीक्षणका लागि गण्डकी प्रदेशको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएकोको ३५ जनाको रिर्पोट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय म्याग्दीका ल्याव टेक्निसियन ध्रुब गिरीले जानकारी दिनुभयो ।

Leave a Reply