पछिल्लो समय नेपालको सांगितीक क्षेत्रमा निकै चलेका गितहरुमा संगित भर्ने काममा व्यस्त रहने युवाको नाम हो दिपक शर्मा । म्याग्दीको मंगला गाउँपालिका–१, मा बाबा हरिलाल र आमा गौमती शर्माको कोखबाट २०४२ भदौ २१ गते जन्मेका शर्मा अहिलेको चर्चीत गितहरुमा संगित भर्नमै व्यस्त हुनुहुन्छ ।

पछिल्लो समय चलेका नेपाली आधुनिक गित तथा चलचित्रको गितहरुमा संगित भर्नका लागि यदि कुनै नाम आउँछ भने त्यो हो दिपक शर्मा । शर्माले संगित दिएका गितहरु धेरैले युट्युवमा ५० लाख भ्यु नाघि सकेका छन् भने ७ वटा गितले एक करोड भन्दा धेरै भ्यू पाएको छ ।

दिपकले संगित हाल सम्म एक हजार भन्दा धेरै गितमा संगित भर्नुभएको छ । उहाँका गित पिरेम नलाउने, पर्ख पर्ख मायाँलु, पहिलो नम्बरमा, बालखैमा दिल बस्यो खौथली, पछिपछि लाएर, अर्को जुनि खै कुन्नि र मायाँ जदै गितलाइ एक करोड भन्दा धेरै पटक युट्युवमा हेरिएको छ ।

त्यसैगरी देखन चम्पा सुनन चम्पा, काफलको दाना, चौबन्दिमा सजिएकी, छुट्टीएर तिमि सँग, हेरन कान्छि, चि मुसि चि, तिम्रो पिक्चर हिटलगायतका गितहरु ५० लाख हाराहारी भ्यु भएका गित हुन् ।

आधुनिक गितका संगितमा व्यस्त रहने गरेका शर्मा पछिल्लो समय दिपक दिपाको छक्कापञ्जा तथा छविराज प्रोडक्सन जस्ता प्रोजेक्ट सँगको सहकार्यमा हुनुहुन्छ ।संगित विधामा शर्माले दर्जनौं विभिन्न पुरस्कार तथा अवार्डहरुमा आफ्नो कब्जा जमाउनु भएको छ । शर्माले चलचित्र लभ यु बाबा मार्फत गिनिज बुक अफ द वल्र्ड रेकर्डबाट पनि प्रसंसापत्र प्राप्त गर्नुभएको छ ।

हाल सम्म उहाँले उत्कृष्ट म्युजिक कम्पोचरको लागि डि सिनेमा अवार्ड–२०६९, म्याग्दी जेसीसबाट उत्कृष्ट युवा पुरस्कार–२०७१, म्युजिक खबर म्युजिक अवर्डा–२०७३ को उत्कृष्ट पप संगित, राप्ती म्युजिक अवार्ड –२०७४, मयुजिक खबर म्युजिक अवार्ड–२०७४, डि सिनेमा अवार्ड–२०७४, कालिका म्युजिक अवार्ड–२०७४,कालिका म्युजिक अवार्ड–२०७५, बिन्दबासिनि म्युजिक अवार्ड–२०७५, उत्कृष्ट चलचित्र संगित पुरस्कार–२०७६, कालिका म्युजिक अवार्ड–२०७६ मा उत्कृष्ट आधुनिक संगित तथा चलचित्र संगित तर्फ दुई वटा अवार्ड पाउनु भएको थियो ।

Leave a Reply