म्याग्दीमा थप एक जना कोरोना संक्रमित थपिएका छन्। नेपाल–भारत सीमा क्षेत्रबाट उद्धार गरी म्याग्दी बहुमुखी क्याम्पसमा राखिएका बेनपा–३ का यूवा छन् । गण्डकी प्रदेशको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको स्वाब पोजेटिभ आएको बेनी अस्पतालका अध्यक्ष बेलबहादुर कटुवालले बेनीअनलाइनलाई जानकारी दिनुभयो ।

यो संगै म्याग्दीमा संक्रमितको संख्या ३ पुगेको छ । संक्रमतिको स्वास्थ्य अवस्था समान्य रहेको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो । यसअगाडी मालिका गाउँपालिका–४, मंगला गाउँपालिका–४ बाट भारतमा गएका दुईजनामा पोजेटिभ देखिएको थियो । पहिलो संक्रमतिको दोस्रो स्बाब समेत पोजेटिभ आएको थियो ।

Leave a Reply