म्याग्दीका तेस्रो संक्रमति बेनी नगरपालिका-३, भकिम्लीका ४६ बर्षिय पुरुषको स्वास्थ्य सामान्य रहेको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । गत जेठ १६ गते नेपाल–भारत सीमा क्षेत्रबाट म्याग्दी बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा रहनुभएका संक्रमतिको गत २२ गते गण्डकी प्रदेशको प्रदेश जनस्वास्थ्य प्रयोगशालाको पिसीआर मेसिनबाट परीक्षण गर्दा कोरानो संक्रमणको पुष्टी भएको थियो ।

भारतबाट आएका १९ जना र १ एम्बुलेन्स चालकको स्बाब पठाइएकोमा एकजनामा पोजेटिभ आएको थियो । संक्रमितसँगै आएकाको स्वाब नेगेटिभ आएपनि संक्रमितको ट्राभल हिष्ट्रीका आधारमा निगरानी राखिने छ ।

तेस्रो संक्रमितको स्वास्थ्य अवस्था समान्य रहेको स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले बेनीअनलाइनलाई जानकारी दिनुभयो।‘संक्रमतिको स्वास्थ्य अवस्था समान्य छ,‘केहीसमयपछि हामीले खुल्लामञ्चको आइसोलेसन कक्षमा साछौं’ लम्सालले भन्नुभयो ।

संक्रमति सीमा क्षेत्रबाट सिधै सवारीसाधनमा क्वारेन्टाइनमा आएपनि उनको ट्राभल हिस्ट्री सहित सम्पूर्ण विवरणहरु संकलन गरिने स्वास्थ्य प्रमुख लम्सालको भनाई छ । यसअगाडीका दुई संक्रमितको स्वास्थ्य अवस्था समेत समान्य छ ।

म्याग्दीबाट हालसम्म १९४ जनाको स्बाब नमुना मध्ये १७५ को पिसिआर परीक्षणमा ३ जनालाई कोरोना देखिएको थियो भने पहिलो संक्रमितको समेत दोस्रो रिर्पोट सोमबार पोजेटिभ आएको थियो । थप १५ जनाको पिसिआर रिर्पोट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Leave a Reply