बागलुङमा थप ११ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मंगलबार विहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा निसीखोला गाउँपालिकाका ३ जना र बरेङ गाउँपालिकाका ८ जनालाई संक्रमण पुष्टि भएको हो ।

निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले विहान ५ः४५ बजे निकालेको विज्ञप्ती अनुसार निसीखोला गाउँपालिकाका २१, २६ र २७ बर्षिय ३ जना पुरुष तथा बरेङ गाउँपालिकाका २४, २२, १८, २४, १८, ४९, २३ र २७ बर्षिय ८ जना पुरुषलाई संक्रमण देखिएको छ ।

उनीहरु सवै भारतदेखि आइ गाउँपालिकाको क्वारेन्टाइनमा बसेका हुन् । यससँगै बागलुङमा संक्रमितको संख्या ४० पुगेको छ । बागलुङ नगरपालिकाका २ जना, तमानखोला गाउँपालिकामा ४, गल्कोट नगरपालिकामा ३, निसीखोला गाउँपालिकाका ६, बडिगाड गाउँपालिकाका १५, ताराखोला गाउँपालिकामा १ र ढोरपाटन नगरपालिकामा १ र बरेङ गाउँपालिकाका ८ जनालाई संक्रमण पुष्टि भएको छ ।

त्यसमध्ये बागलुङ नगरपालिकाका २ जना निको भएर घर फर्किएका छन् । संक्रमित मध्य १७ जना धौलागिरी अस्पताल बागलुङको आइसोलेसनमा रहेका छन्भने ९ जना धौलागिरी बहुमुखी क्याम्पसको प्रि–आइसोलेसन कक्ष र १ जना बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रको प्रि–आइसोलेसन कक्षमा रहेका छन् । Source: khabarway.com

Leave a Reply