नेपाल–भारत सीमा क्षेत्रबाट उद्धार गरी बेनीका क्वारेन्टाइनमा बसेको पाँचदिनपछि गण्डकी प्रदेशको प्रदेश जनस्वास्थ्य प्रयोगशालाको पिसीआर मेसिनबाट परीक्षण गर्दा कोरानो संक्रमणको पुष्टी भएका दुई संक्रमति खुल्लामञ्चको शैक्षिक तालिम केन्द्रको आइसोलेन कक्षमा छन् ।

पहिलो संक्रमित मालिका गाउँपालिका–४ ओखरबोटका ३० बर्षिय यूवाको दोस्रो स्बाब समेत पोजेटिभ आएपनि उनको अवस्था समान्य छ । क्वारेन्टाइनको बसाईमा हालसम्म एकपटक पनि औषधी सेवन गरेका छैनन् ।

त्यस्तै दोस्रो संक्रमति मंगला गाउँपालिका–४, बरंजाका १९ बर्षिय यूवाको अवस्था समेत समान्य छ । उनले समेत औषधी सेवन नगरेको स्वास्थ्य कार्यालय म्याग्दीका एकनारायण लम्सालले बेनीअनलाइनलाई बताए। ‘लक्षणसम्म देखिएको छैन, तेस्रो संक्रमतिको अवस्था समेत समान्य छ’ लम्सालले भने । तेस्रो संक्रमितलाई आइसोलेसनमा पठाइएपछि उनको स्वास्थ्य अवस्था जाँच गरिने बताए ।

स्बाब संकलनको क्रममा लक्षण नदेखिएपनि आइसोलेनको बसाईमा देखिन सक्ने चिकित्सकको भनाई छ । कोरोना भाइरस (कोभिड–१९) को लक्षणसम्म नदेखिएकाको लगातार तीनवटा स्वाब नेगेटिभ आएपछि घर पठाइने छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले यकिन गरे अनुसार कोरोना भाइरस संक्रमितलाई सुरुमा रुघा खोकी, ज्वरो र श्वासप्रश्वास (स्याँस्याँ) हुने लक्षण देखा पर्छ ।

Leave a Reply