पश्चिम म्याग्दीको मालिका गाउँपालिका-६, दरबाङको छ्यारछ्यारेमा निर्माणधिन अवस्थामा रहेको खेलमैदानमा काम गर्न गएका एक मजदुरको मृत्यु भएको छ । निर्माणधिन अवस्थामा रहेको खेलमैदानमा काम गर्न गएका दरबाङका २७ बर्षिय मनिश परियारले असहज भएको भन्दै रहेको म्याग्दी खोलामा हातमुख धुन पुगेका थिए।

केही बेरमै अचेत भएपछि काम गरिरहेका मजदुरले प्राथमिक उपचार केन्द्र दरबाङमा ल्याइएको वडा अध्यक्ष सन्तनाथ सुबेदीले बताउनुभयो । डा. तिलक गौतमले उपचारको प्रयास गरेपनि गम्भीर अवस्थामा रहेका परियारलाई थप उपचारका लागि बेनी अस्पताला पठाइएको थियो ।

बेनी अस्पतालमा उपचारको प्रयास भएपनि परियारलाई चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक धुब्रप्रसाद शर्माले बताउनुभयो । खेलमैदान निर्माणमा नियमित काम गर्न जाने गरेका परियारले मंगलबार असहज भएको बताउँदै काम गर्न नसक्ने बताएको त्यहाँ कार्यरत मजदुरको भनाई छ ।

Leave a Reply