म्याग्दीको रघुगंगा गाउपालिका-६ कोटगाउँमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । गएराती भिरबाट घरभित्र छिरेको बाढीले स्थानीय ५० वर्षीया हमाया शेरपुञ्जा र उनकी नातिनी ४ वर्षीया सिम्रन छन्त्यालको पहिरोले परिएर मृत्यु भएको वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले बेनीअनलाइनलाई जानकारी दिनुभयो ।

‘एक्कासी बाढी पसेपछि दुईजनाको घटनास्थलमै मृत्यु भयो,‘एकजना भागेर ज्यान जोगाउनुभयो’ शेरपुञ्जाले भन्नुभयो । ढुङ्गामाटोले बनेको जस्ताको छानो भएको कच्ची गोठमा सुतिरहेको अवस्थामा एक्कासी पहिरो आएको थियो । घटनास्थलमा दलप्रसाद शेरपुञ्जा सहित भाग्ने क्रममा दुईजनालाई लेदो सहित आएको पहिरोले पुरेको बताइएको छ । मृतक सिम्रन मामा घरमा आएकी थिईन् ।

पाखापानी प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक ढकबहादुर हमालको नेतृत्वमा गएका प्रहरी सहित स्थानीयले उद्धारमा खटिएको प्रहरी निरिक्षक धु्रबप्रसाद शर्माले जानकारी दिनुभयो । भीरबाट माथिल्लो भागबाट लेदो पसेपछि गोठ भत्किएपछि मानवीय क्षतीसँगै अन्नपात, भाडाबर्तन लगायत सबै नष्ट भएको छ भने पशु चौपायको भने क्षति भएको छैन् । घटनास्थलमा अनुसन्धानका लागि बुधबार बिहान प्रहरी निरिक्षक धु्रबप्रसाद शर्माको नेतृत्वको टोली घटनास्थल गएको छ ।

Leave a Reply