गोर्खा वेलफेयर ट्रष्टद्धारा बेनी अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

0
257

गोर्खा वेलफेयर ट्रष्ट नेपाल बेनी सेन्टरले बेनी अस्पताललाई विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि ट्रष्ट बेनीका वल्फेयर अफिसर प्रमुख भुपेन्द्र शाहीले अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवाललाई साम्रागी हस्तान्तरण गर्नुभएको छ ।

अस्पतालमा आयोजित कार्यक्रममा सर्जिकल फेस मास्क २५०, फेस सिल्ड ५० थान, डिस्पोजल गाउन सेट (पीपीई)० ५० थान, एन ९५ मास्क ५० थान, हेड क्याप ५० थान, शु कभर ५० थान, डिस्पोसेबम ग्लोब्स १ प्याक सहयोग हस्तान्तरण गरिएको गोर्खा वेलफेयर ट्रष्ट नेपाल बेनी कार्यालयले जनाएको छ । अस्पतालमा प्राप्त सहयोगले कोरोना भाइरस रोकथाम सहितका अभियानमा महत्वपूर्ण भूमिका खेल्ने अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष कटुवालले बताउनुभयो । सोही अवसरमा गोर्खा वेलफेयरका अफिसर शाहीले नेपालमा हुने विभिन्न प्राकृतिक विपत्ती सहित आवश्यक परेको क्षेत्रमा सहयोग गर्ने गरिएको बताउनुभयो ।

स्वास्थ्य सामाग्री वितरणमामा बेनी अस्पतालका स्वास्थ्यकर्मी सहित विभिन्न ब्यक्तिको उपस्थिती रहेको थियो । गोर्खा वेलफेयर ट्रष्ट नेपालले भौतिक पूर्वाधार सहित विभिन्न सामाजिक कार्यमा सहयोग गदैं आइरहेको छ । म्याग्दीको विकासमा गोर्खा वेलफेयर ट्रष्ट नेपालको सहयोग उच्च रहेको छ।