भनिन्छ, कला संगित र साहित्यले समाजको यथार्थ बोल्नुपर्छ । अहिले सिंगो विश्व कोरोना भाईरसले आक्रान्त बनेको छ । कोरोनो भाईरसको रोकथामका लागि भन्दै नेपाल सरकारले लक डाउनको घोषणा गरेको पनि बिहीबार ८० औं दिन पुगेको छ ।

यही कोरोना भाईरसको महामारी र त्यसको नियन्त्रणका लागि सरकारले लागु गरेको लक डाउनलाई आधारित बनाएर गित संगित र्सिजना हुने क्रमले तिब्रता पाएको छ ।

संगीतकार शिखर सन्तोषको संगीत निर्देशनमा त्यस्तै भावना बोकेको सन्देशमूलक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा रामकृष्ण ढकाल, आनन्द कार्की, विश्व नेपाली, प्रविशा अधिकारी, रोशन अधिकारी आदि गायक–गायिकाहरुको स्वर सुन्न सकिन्छ ।

सन्देशमूलक उक्त गीतका शब्दहरु डा.दुबसु क्षेत्रीले रचना गरेका हुन् । गीतमा गोपाल रसाइलीको संगीत संयोजन छ । गीतको म्युजिक भिडियोलाई संगीतकार शिखर सन्तोषले आफ्नै आधिकारिक यूट्युब च्यानलबाट सार्वजनिक गरेका छन् ।

भिडियोमा दीपाश्री निरौला, सरिता लामिछानेसहितका कलाकारहरु फिचर्ड छन् । विरेन तितुङद्वारा छायांकन गरिएको उक्त भिडियोलाई प्रकाश तुलाधरले सम्पादन गरेका हुन् भने थ्रि क्याप्स टिमले यसलाई निर्देशन गरेको हो ।

पूनम आर सुवदीले उक्त गीतलाई प्रस्तुत गरेकी हुन् ।

Leave a Reply