बागलुङको ताराखोला गाउँपालिका–१ दरौंदीका ६ जना ५ थान भरुवा बन्दुक सहित पक्राउ परेका छन् ।विशेष सुराकीको आधारमा मंगलबार जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटेको टोलीले घरभित्र लुकाइ राखेको अवस्थामा ५ थान एकलाने भरुवा बन्दुक सहित ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी हेम बहादुर केसीले जानकारी दिनुभयो ।

प्रहरीले ताराखोला गाउँपालिका–१ दरौंदीका ४९ बर्षिय चित्रराज कंडेल, ३६ बर्षिय टंकबहादुर रोका, ३७ बर्षिय होम बहादुर रोका, २९ बर्षिय खिमानन्द कंडेल र ४९ बर्षिय बम बहादुर घर्ति पक्राउ परेको प्रहरी निरीक्षक केसीले जानकारी बताउनुभयो ।

उहाँले बमबहादुर घर्तिले भरुवा बन्दुक टंकबहादुर रोकालाई राख्न दिएकोले पक्राउ गरिएको बताउनुभयो ।प्रहरीले उनीहरुलाई हातहतियार तथा खरखजना मुद्धा दर्ता गरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरि अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply