अन्तरजातीय प्रेमका कारण रुकुम पश्चिम चौरजहारीमा ज्यान गुमाएका नवराज विक सहित ६ जनालाई सांस्कृतिक सहिद घोषणा गर्न माग गदैं दलित युवा सञ्जाल म्याग्दीले सदरमुकाम बेनीका विभिन्न स्थानमा ब्यानर सहित दवावमुलक कार्यक्रम गरेको छ ।

गैरदलितसँग प्रेम गरेकै कारण नवराज र उनीसँगै गएकाको हत्या गरिएको भन्दै सञ्जालले कालिपुल बसपार्क, क्याम्पसचोक, हुलाकचोक लगायतका क्षेत्रमा ज्यान गुमाएकाको तस्वीर सहित सांस्कृतिक सहिद सहित दोषीलाई कारवाहीको माग समेत गरिएको सञ्जालका अध्यक्ष किसान विश्वकर्माले बताए ।‘यो घटनामा ज्यान गुमाउने सबैलाई सम्मान गर्नुपर्छ,‘ मृतकका परिवारलाई राज्यबाट उचित सम्बोधन हुनुपर्छ’ किसानले भने ।

यसअगाडी जिल्लामा ज्ञापनपत्र सहित विभिन्न दवावमुलक कार्यक्रम समेत सञ्चालन गरिएको थियो । केहीदिन अगाडी किसानको संयोजकत्वमा सञ्जालको पूर्नगठन गरिएको थियो । घटनामा ज्यान गुमाएकामध्ये चार जना दलित छन् भने दुई जना गैरदलित छन्। ज्यान गुमाएका ६ जनाको शव भेरी नदीमा फेला परेको थियो।

Leave a Reply