नेपाल तरुण दल म्याग्दीले लामो लकडाउनको कारण् हुनसक्ने रगतको अभावलाई मध्यनजर गरी शुक्रबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

कोराना भाइरस संक्रमणको त्रासले गर्दा रक्तदाताहरु समेत आउन नसक्ने अवस्थामा पोखरा लगायतका स्थानमा बिरामीलाई आवश्यक रगतको अभाव भएपछि तरुण दल म्याग्दीमो आयोजना बेनी अस्पतालमागरिएको रक्तदान कार्यक्रमबाट ४० पिन्ट रगत सङ्कलन गरिएको छ।

रेडक्रस सोसाईटी अन्तरगत रक्तसंचार केन्द्रको प्राविधिक सहयोगमा गरिएको रक्तदान कार्यक्रमको नेपाली कांग्रेस म्याग्दीमा सभापति खम्बीर गर्बुजाले उद्घाटन गरे ।रक्तसञ्चारको क्षमता अनुसार आवश्यक पर्ने पिन्टमात्रै संकलन गरिएको तरुण दल म्याग्दीका सचिव सुमन बानियाँले बताए ।

लकडाउनको कारण बिरामीलाई आवश्यक पर्ने रगत ब्यवस्थापनमा सहज भएको रक्तसञ्चार केन्द्रले जनाएको छ ।रक्तदान कार्यक्रमको उद्घाटन समारोहमा संविधान सभाका सदस्य रेशम बहादुर बानियाँ, नेपाली कांग्रेसका पदाधिकारी सहित तरुण दल म्याग्दीका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

‘लकडाउनको समयमा आवश्यक पर्ने रगतको आवश्यकता परेमा भविस्यमा पनि रक्तदान कार्यक्रम गछौ,‘आवश्यकता परेमा तरुणदल सधै तयार छ’ अध्यक्ष मुकुन छन्त्यालले भने । उनले तरुण दलमार्फत यूवाहरुलाई रचनात्मक कार्य सञ्चालनलाई निरन्तरता दिने बताए । म्याग्दीमा प्रयाप्त भएकाले यहाँ संकलन गरिएको रगतलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, मणिपाल शिक्षण अस्पताल र गण्डकी मेडिकल कलेज लगायतमा उठाउने गरिन्छ ।

म्याग्दीमा बार्षिक ३ सय ५० पिन्ट रगत संकलन हुने गरेपछि डेढसय पिन्ट जिल्ला बाहिर पठाउने गरिएको छ। जिल्लामा रगत अभावकै कारण बिरामीको मृत्यु भएको खबर सार्वजनि नभएको करिव एकदशक भइसकेको छ ।

Leave a Reply