बेनी अस्पतालमा अक्सिजन प्लान्ट निर्माण हुने भएको छ । गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा असार महिनाभित्र ‘अक्सिजन प्लान्ट’ को काम सक्ने गरी तयारी भइरहेको अस्पतालले जनाएको छ । मन्त्रालयको ७५ लाखको लागतमा अस्पतालमा प्लान्ट जडान गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो ।

‘नयाँ भवन बनेपछि आवश्यक सबै कोठा–कोठामा पुर्याइन्छ,‘यो सेवालाई हरेक बर्ष विस्तार गछौं’ कटुवालले भन्नुभयो।‘केहीदिनमै काम सुरु हुन्छ,‘अब अक्सिनको समस्या हुदैन’ कटुवालले भन्नुभयो ।

दैनिक १६ सिलिन्डर भर्न सक्ने क्षमताको अक्सिजन ग्यास प्लान्ट तयार गरिने बेनी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा अमृत अधिकारीले जानकारी दिनुभयो ।डायलासिस सेवा र आइसियू सेवामा सिधै प्रयोग गर्न मिल्ने गरी जडान गरिने भएपनि अस्थायी भवनमा पाईप जडान नगरिने बताइएको छ ।

पछिल्लो समय आफ्नो सेवालाई गुणस्तरीय र व्यवस्थापनलाई चुस्त बनाउने गरी धमाधम आवश्यक पूर्वाधार सहित गुणस्तरीय सेवामा केन्द्रित गरेको छ । अस्पतालमा उपचारका लागि आउने विरामीलाई सकेसम्म रिफर गर्न नमिल्ने गरी आवश्यक आधुनिक उपकरणहरुलाई प्राथमिकता दिएको छ ।

यसैबीच अस्पतालको शब गृहमा र्मचरी मेसिन राखिने भएको छ । स्वदेश तथा विदेशबाट ल्याइएको शब राख्न मिल्ने गरी ८ लाखमा मर्चरी च्याम्बर समेत बनाइने भएको छ । विदेशमा रहेका आफन्तहरु आउने वा विदेशबाट शब ल्याएर राख्दा दुर्घन्धित हुने भएकाले आइस समेत हुने मर्चरीमा दुईवटा सम्म शब राख्न मिल्ने बनाइने अस्पतालले जनाएको छ । अस्पतालमा जटिल किसिमका बिरामीलाई समेत सेवा दिन थालिएपछि बिरामीको चाप निकै बढेको छ ।

Leave a Reply