म्याग्दीबाट सघन उपचार कक्ष (आइसियु) सुविधा नहुँदा जटिल किसिमका बिरामी पोखरा जानुपर्ने बाध्यता बाध्यताको अव अन्त्य हुने भएको छ ।

अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित भेन्टिलेटरसहितको आइसियु सेवाका लागि गण्डकी प्रदेश सरकारलेसघन कक्ष निर्माणा गर्न १ करोड ६९ लाख विनियोजन गरेपछि केहीदिनमै प्रक्रिया अगाडी बढ्ने अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बेनीअनलाइनलाई बताउनुभयो ।

‘आइसियूका बिरामीलाई अब पोखरा पठाउनुपदैन्,‘यो सेवाले बिरामीको चाप बढ्छ’ कटुवालले भन्नुभयो । पाँच बेड क्षमताको आईसियू कक्षका लागि प्रक्रिया सुरू गरिएको अध्यक्ष कटुवालको भनाई छ ।

गण्डकी प्रदेश सरकारले ११ जिल्ला अस्पतालमै सेवा विस्तार गर्ने घोषणासँगै म्याग्दीले प्राप्त बजेट अनुसार नै निर्माणा गर्न लागिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा अमृत अधिकारीले बताउनुभयो । अस्पतालमा आइसियुको व्यवस्था हुँदा गम्भिर प्रकृतिका बिरामीको उपचारमा सहज हुने डा. अधिकारीको भनाई छ ।

आइसियु तथा भेन्टिलेटरको अभावमा पोखरा सम्म लैजाने क्रममा बाटोमै ज्यान जाने, निजी हस्पिटलले आइसियूमा राखेर बिरामीलाई चर्को शुल्क तिर्न बाध्य बनाउने जस्ता घटना समेत विगतमा घट्ने गरेका थिए ।

५० शैयाको अनुमति पाएको बेनी अस्पतालमा यसअगाडी मृगौला पीडितलाई डाइलासिस सेवाका लागि कक्ष समेत स्थापना गरी तयारी अवस्थामा रहेको छ भने आइसियु, अक्सिजन सेवा, शब राख्ने मर्चरी,फोहोरमैला ब्वस्थापनका लागि ३० लाख बजेटमा १५ लाखको भवन र १५ लाखको उपकरण जडान लगायतका काम भइरहेको छ ।

Leave a Reply