पश्चिम म्याग्दीको मंगला गाउँपालिका–२,रनवाङकी एक महिलाले म्याग्दी खोलामा हामफाली आत्महत्या गरेकी छन् । नदीमा हाम फालेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटिई खोजतलाश सुरु गरिएको थियो ।

शुक्रबार दिउँसो करिब ३ बजेतिर खोलामा हाम फालेकी ३२ बर्षिया तेजकुमारी किसानको शब मंगला-२ कै ताराखेत नजिकै रहेको भाइबाङ खोलाको छेउमा फेला परेको प्रहरी नायव उपरिक्षक किरणजंग कुँवरले जानकारी दिनुभयो । कुलो बनाउने काममा खटिएकी महिला एक्कासी खोलामा हाम फालेको खवर आएको थियो ।

आत्महत्याको कारण र मृतकका बारेमा बावियाचौर प्रहरीचौकीको टोलीले घटनास्थलमा समेत पुगेर सोझपुछ गरेको छ । मृतकको शब प्रहरीको नेतृत्वमा स्थानीय र जनप्रतिनिधिले बाहिर निकालेका थिए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
*समाचार अपडेट गरिएको*

 

 

Leave a Reply