म्याग्दीको सदरमुकाम बेनीमा आइतबार युवाहरूको समूहले विरोध प्रदर्शन गरेका छन् । बेनी नगरपालिका–७, बिरेन्द्रचोकमा यूवाहरूले विभिन्न नारा लेखेको प्लेकार्डसहित विरोध जनाएका हुन् ।

किसानलाई अनुदानमा आएको रकम फ्रिज गर्ने, चुनावमा भोट माग्न प्रयोग गरिएको घोषणापत्र, कोरोना नियन्त्रण तथा औषधि उपकरण खरिदमा भएको खर्च पारदर्शी हुनुपर्ने, आरडिटी परीक्षण रोक्नुपर्ने, थोपरिएको कर खारेज गर्नुपर्ने, राष्ट्रपति कार्यालयमा महँगा कार्पेट फेर्ने,लगायतका माग राखेर सरकारलाई सचेत बनाइएको अभियानका संयोजक छवि आचार्यले बताए ।

‘सरकारलाई खवरदारी हो,‘सरकारका समर्थकले लगाएको आरोप प्रमाणित गर्न पनि चुनौती दिन्छौ’ आर्चायले भने ।

उनले म्याग्दीमा विभिन्न राजनीतिक दलले घोषणापत्रमा जनाएको प्रतिबद्धता समेत पुरा गर्न नसकेको भन्दै युवाहरुले हरेक प्रतिबद्धतालाई कार्यान्वयन गर्न दवाव दिने बताए । ‘भोट माग्दा प्रतिबद्धता जनाएर पुरा नगर्नेले अव माफी माग्नुपर्छ,‘महंगो खर्चमा रमाउने जनप्रतिनिधिले झुपडीमा बस्नेको पीडा बुझ्नुपर्छ’ आचार्यले भने ।

जिल्ला प्रशासन कार्यालय नजिक गरिएको विरोध कार्यक्रम अगाडी राष्ट्रिय गान बजाइएको थियो ।सामाजिक दुरी कायम गरी युवाहरुले रचनात्मक कार्यक्रम गदैं सकिएपछि प्रहरीलाई समेत धन्यवाद दिएर फर्किएका थिए । युवाहरूले विरोध कार्यक्रमलाई भविष्यमा पनि निरन्तरता दिने बताएका छन् ।

Leave a Reply